राजपा अध्यक्ष मण्डलका संयोजक फेरिए, महाधिवेशनको समय १ वर्ष थपियो « Khabarhub

राजपा अध्यक्ष मण्डलका संयोजक फेरिए, महाधिवेशनको समय १ वर्ष थपियो


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– मधेस कन्द्रित ५ वटा राजनीतिक पार्टीको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी अब अनिल झाले पाएका छन् ।

चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको नेतृत्व गर्ने समझदारीअनुसार झाले सोमबारदेखि संयोजकको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

पार्टी एकीकरणपछि महन्थ ठाकुर लामो समयसम्म अध्यक्ष मण्डलको संयोजक रहेका थिए । त्यसपछि नेताहरु राजेन्द्र महतो, महेन्द्र राय यादवले अध्यक्ष मण्डलको संयोजकका रुपमा जिम्मेवारी सम्हालिसकेका छन् । अहिले शरतसिंह भण्डारी अध्यक्ष मण्डलको संयोजक छन् ।

जेठ २ गतेदेखि शनिबारसम्म चलको राजपा अध्यक्ष मण्डलको वैठकले आगामी महाधिवेशन पछि पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढ्ने गरी विद्यान संशोधन गर्ने निर्णय समेत गरेको छ ।

राजपाले यसअघि २ वर्षभित्रमा महाधिवेशन गरिसक्ने व्यवस्था विधानमा गरेको भएपनि अब महाधिवेशन गर्ने समय १ वर्ष बढाइएको छ । राजपाले विधान संशोधन गरी ३ वर्षभित्र महाधिवेशन गर्ने विषय उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  २ : ४५ बजे

एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश गरिन्

सिरहा- नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ मात्र जवाफ

काठमाडौं–  केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

एजेन्सी – भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब

दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड

नयाँदिल्ली- सन् २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा भारत पराजित

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुर– शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै