बलिउडका यी ६ सेलिब्रेटी, जो लगाउँछन् सस्ता कपडा « Khabarhub

बलिउडका यी ६ सेलिब्रेटी, जो लगाउँछन् सस्ता कपडा


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ग्ल्यामर दुनियाँमा बलिउड स्टार्सको जति चर्चा हुन्छ, त्यति नै चर्चा ड्रेसिङ स्टाइलको पनि हुन्छ । फिल्म क्षेत्रमा केही त्यस्ता कलाकार पनि छन्, जो कपडाको क्वालिटीमा खासै ख्याल गर्दैनन् । कपडाका लागि खासै पैसा खर्च गर्दैनन् ।

फिल्म ‘ग्याङ अफ वासेपुर २’ मा दमदार अभिनय गरेका नवाजुद्दीन सिद्दीकीको जीवन निकै सादा छ । फिल्मदेखि वास्तविक जीवनमा पनि उनी निकै सामान्य देखिन्छन् । उनले फिल्म क्षेत्रमा आउन निकै लामो सङ्घर्ष गरेका छन् । जसलाई उनी भुल्न चाहन्नन् । त्यसैले पनि उनी निकै सरल बन्न रुचाउँछन् ।

यस्तै बलिउडमा दोस्रो नम्बरमा आउने अभिनेता हुन् सनी देओल । यी अभिनेता पनि वास्तविक जीवनमा निकै सरल बनेर हिँड्छन् । कपडामा पनि उनी राम्रो क्वालिटीको हुनुपर्छ भन्ने मान्दैनन् । बरु आरामदायी कपडा लगाउन रुचाउँछन् । उनी पनि सादा जीवन मन पराउने कलाकारमा गनिन्छन् ।

अर्का अभिनेता अक्षय कुमार आफ्नो हरेक फिल्ममा खुबै स्टाइलिस्ट देखिन्छन् तर उनी वास्तविक जीवनमा ब्रान्डेड कपडा लगाउनमा खासै चासो देखाउँदैनन् । उनी प्राय सामान्य कपडामा नै देखिएका हुन्छन् ।

अक्षय कुमारले समयको खुबै ख्याल गर्छन् । उनी धेरै रातिसम्म काम गर्न रुचाउँदैनन् ।

इमारान हाशमीलाई बलिउडमा सिरियल किसर पनि भन्ने गरिन्छ । तर, वास्तविक जीवनमा उनी निकै सरल छन् । उनलाई सामान्य कपडा नै मन पर्छ । सस्तो होस् या महंगो भन्नेसँग उनलाई खासै ख्याल हुँदैन । उनी ब्रान्डेड कपडाका पछि नभाग्ने अभिनेतामा पर्छन् ।

बलिउडका अर्का अभिनेता सुशान्त सिंह राजपूतको स्मार्टपनको पनि उत्तिकै चर्चा हुने गर्छ । उनीमाथि कैयन् युवती पागल भएका छन् । तर, उनी यस्ता कलाकार हुन्, जो जस्तो कपडा किन्न पनि लजाउँदैनन् । उनी त्यस्तै कपडा लगाउँछन्, जुन उनलाई सहज लाग्छ ।

पछिल्लो समय बलिउडमा चम्केका राजकुमार रावको पनि सामान्य जीवन छ । उनी निकै सामान्य खालका कपडा लगाउने गर्छन् । सधै उनी उस्तै स्टाइलमा रहने गर्छन् । फिल्ममा भने उनको भूमिका दमदार हुने गर्छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ३ : ०२ बजे

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा