शेयर बजारमा सामान्य गिरावट « Khabarhub

शेयर बजारमा सामान्य गिरावट


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आइतबार पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८७ बिन्दुले घटेर एक हजार ३१६.८४ अङ्कमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ बिन्दुले घटेर २८०.७९ बिन्दुमा पुगेको छ । कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर रु एक अर्ब नौ करोड तीन लाख ४८ हजार २२५ मूल्यमा कारोवार भए । स्टकका अनुसार कारोवार १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर घटेको छ भने छ उपसमूहकै शेयर भने वृद्धि भएको छ । बैंकिङ ४.२२, व्यापार ८.४५, होटल १२.१९, निर्जीवन बीमा ५९.०३, लघुवित्त ८.५० र जीवन बीमा ५९.७३ बिन्दुले घटेको छ ।

यस्तै विकास बैंक ८.८२, जलविद्युत् ३.०३, वित्त ५.३६, उत्पादन १००.२६, अन्य १.९६ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ । स्टकका अनुसार नेपाल बैंक लिमिटेड रु २२ करोड ६८ लाख १९ हजार १४७, शिवम् सिमेन्ट रु १८ करोड ७० लाख ९० हजार ८८३, बुटवल पावर कम्पनी रु तीन करोड २९ लाख ३२ हजार ६०८, प्रभु बैंक लिमिटेड रु तीन करोड २४ लाख ७८ हजार ३५ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

शिव्म सिमेन्टका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक ९.९०, रिलायन्स फाइनान्स ८.५३, प्राग्रेसिभ फाइनान्स लिमिटेड ७.८४, बरुण हाइड्रो पावरका शेयरधनीले ७.६९ प्रतिशतले कमाए । यस्तै विशाल बजार कम्पनी ५.७८, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ५.३९, आइएमइ जनरल इन्स्योरेन्स ५.२८, नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.२२ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ४ : ५९ बजे

सुनसरी–१ मा हर्क साम्पाङको अग्रता

धरान (सुनसरी)- सुरुआतमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई

कास्की ३ मा रास्वपाकी गुरुङ विजयी

गण्डकी – कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

विजयोत्सव नमनाउन रास्वपाको निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका

काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा निर्वाचनको