जिप दुर्घटना– खार्पुनाथ गाँउपालिकाका उपाध्यक्षसहित १० बेपत्ता, मुख्यमन्त्रीद्वार दुःख व्यक्त « Khabarhub

जिप दुर्घटना– खार्पुनाथ गाँउपालिकाका उपाध्यक्षसहित १० बेपत्ता, मुख्यमन्त्रीद्वार दुःख व्यक्त


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्ला खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुकुनामा भएको जिप दुर्घटनामा बेपत्ता भएका खार्पुनाथ गाँउपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत सवार सबै यात्रुप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “उक्त दुर्घटनाले प्रदेश सरकार मर्माहित भएको छ । खोजीकार्यमा खटिएका सुरक्षाकर्मी, जनसमुदायका साथै सबै सरोकारवालालाई सहयोग पुर्‍याउन हार्दिक अनुरोध गर्दछु ।” उनले दुर्घटनामा परी बेपत्ता हुनुभएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरे ।

त्यस्तै, दुर्घटनाको सूचना पाउनासाथ सुरक्षा टोली परिचालन गरिएको यद्यपि कठिन भूगोल, पानीको उच्च बहाव तथा दक्ष जनशक्तिको अभावका कारण उद्धार तथा खोजीकार्यको प्रयास सफल हुन नसकेको प्रेस नोटमा उल्लेख गरिएको छ । त्य

सका साथै थप खोजीकार्यका लागि दक्ष जनशक्तिको परिचालनको पहल भइरहेको जनाइएको छ ।

मङ्गलबार दिउँसो १२ बजे लु१ज ७१६६ नंको जिप हुम्ला खार्पुनाथ गाउँपालिका–५ को कैल्या बालु र बेडु बिसौनी क्षेत्रको कच्ची सडकबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको स्थानीयवासी जनाएका छन् ।

जीपमा १० जना सवार थिए ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ७ : २० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल