दुतावासबाट पुनः श्रम स्वीकृति जारी गर्ने सफ्टवेयरको निर्माण « Khabarhub

दुतावासबाट पुनः श्रम स्वीकृति जारी गर्ने सफ्टवेयरको निर्माण


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा कार्यरत श्रमिकलाई विदेशस्थित नेपाली नियोगहरुबाट पुनः श्रम स्वीकृति (रिइन्ट्री) जारी गर्ने सफ्टवेयरको निर्माण गरेको छ ।

गत फागुनमा वैदेशिक रोजगार ऐन २०६४ संशोधन भएपछि बढीमा दुई पटकका लागि नेपाली नियोगबाट पुनः श्रम स्वीकृति दिन सकिने व्यवस्था गरिएको छ ।

मलेसिया, खाडीका देश तथा मध्यपूर्वमा रोजगारीमा जाने नेपाली कामदार र पेशा व्यवसाय गरेर उतै बसेका गैर आवासीय नेपालीहरुले विगत लामो समयदेखि नै यो माग उठाउँदै आएका थिए । श्रम मन्त्रालयको निर्देशनमा वैदेशिक रोजगार विभागले सफ्टवेयर परीक्षण गरेको जानकारी दिएको छ ।
पसिना बगाएर मुलुकमा रेमिट्यान्स पठाउने कामदारलाई श्रम स्वीकृतिका नाममा लामो समय प्रतिक्षा गराएर अपमान र सास्ती दिने गरिएको उनीहरुको गुनासो रहँदै आएको छ ।

हाल, संस्थागत श्रम स्वीकृति, व्यक्तिगत नयाँ, वैधानिकिकरण र पुनः श्रम स्वीकृतिका माध्यमबाट श्रम स्वीकृति लिए नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेको विभागले जनाएको छ । त्यसमा रिईन्ट्रीका माध्यमबाट जाने कामदारको संख्या पनि अत्यधिक छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा पुनः श्रम स्वीकृतिको अनुमतिबाट जानेको संख्या तीन लाखभन्दा बढी रहेको विभागले जानकारी दिएको छ । नियोगबाटै श्रम स्वीकृति वितरण गर्दा नेपाल आउनुपर्ने समस्या समाधान हुने विभागको बुझाई छ ।

सरकारले पुनः श्रम स्वीकृति दिँदा वैदेशिक रोजगार कल्याणकारी कोष र बीमा अनिवार्य गरेको छ । सफ्टवेयरमा ति दुवै शुल्क सम्बन्धित मुलुकबाट भुक्तानी गर्न सकिने व्यवस्था अनलाइनबाट गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ११ : १९ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर