हार्ट अट्याक भइहाले के गर्ने ? « Khabarhub

हार्ट अट्याक भइहाले के गर्ने ?


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समयमा हार्ट अट्याकका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको । मानिसको जीवनशैली र खानपानका कारण पनि मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको चिकित्सकहरु बताउछन्  । अस्वस्थ खानपान, तनाव, व्यायामको कमी आदिले मानिसमा हार्ट अट्याकको समस्या बढ्दै गएको छ ।

मुटुको मांशपेसीलाई रगत प्रवाह गर्ने तीनवटा नली हुन्छ । तीमध्ये कुनै नली बन्द भएको अवस्थामा मानिसमा हार्ट अट्याक हुन्छ । कुनै एक नली बन्द भएको अवस्थामा शरीरको विभिन्न अंगहरुमा रगत पुग्दैन र मानिस वेहोस् हुन्छन् ।

हार्ट अट्याकको कारण यस्तो छ

–वंशागुगत गुण,

–धूम्रपान सेवन,

–मोटोपना,

–अत्याधिक तनाव,

–आलस्यता

हार्ट अट्याकको लक्षण

–रिंगाटा लाग्ने,

– ढाड,कुम वा बङगारा धेरै दुख्ने,

–छाती धेरै दुख्ने,

–छाती भारी हुने,

–श्वास फेर्न गाह्रो हुने ।

हार्ट अट्याक भइहाले के गर्ने ?

–हृदयघातको लक्षण देखिएमा व्यक्तिलाई तुरुन्त नजिकको अस्पताल लैजानुपर्छ,

– शान्त रहन आग्रह गर्ने,

–कपडा कसिएको छ भने खुकुलो पार्ने,

हार्ट अट्याकबाट कसरी बच्ने ?

–उच्च रक्तचापको समस्या भएमा नियमित औषधि सेवन गर्ने,

– सुगर नियन्त्रण गर्ने,

–धुम्रपान नगर्ने,

– फलफुल तथा सागसब्जी खाने,

–हरेक वर्ष मुटु परीक्षण गर्ने,

–परिवारमा कसैलाई हार्ट अट्याकको समस्या छ भने समयमै आफू पनि सचेत रहने ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ७ : ३८ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड