हार्ट अट्याक भइहाले के गर्ने ? « Khabarhub

हार्ट अट्याक भइहाले के गर्ने ?


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समयमा हार्ट अट्याकका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको । मानिसको जीवनशैली र खानपानका कारण पनि मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको चिकित्सकहरु बताउछन्  । अस्वस्थ खानपान, तनाव, व्यायामको कमी आदिले मानिसमा हार्ट अट्याकको समस्या बढ्दै गएको छ ।

मुटुको मांशपेसीलाई रगत प्रवाह गर्ने तीनवटा नली हुन्छ । तीमध्ये कुनै नली बन्द भएको अवस्थामा मानिसमा हार्ट अट्याक हुन्छ । कुनै एक नली बन्द भएको अवस्थामा शरीरको विभिन्न अंगहरुमा रगत पुग्दैन र मानिस वेहोस् हुन्छन् ।

हार्ट अट्याकको कारण यस्तो छ

–वंशागुगत गुण,

–धूम्रपान सेवन,

–मोटोपना,

–अत्याधिक तनाव,

–आलस्यता

हार्ट अट्याकको लक्षण

–रिंगाटा लाग्ने,

– ढाड,कुम वा बङगारा धेरै दुख्ने,

–छाती धेरै दुख्ने,

–छाती भारी हुने,

–श्वास फेर्न गाह्रो हुने ।

हार्ट अट्याक भइहाले के गर्ने ?

–हृदयघातको लक्षण देखिएमा व्यक्तिलाई तुरुन्त नजिकको अस्पताल लैजानुपर्छ,

– शान्त रहन आग्रह गर्ने,

–कपडा कसिएको छ भने खुकुलो पार्ने,

हार्ट अट्याकबाट कसरी बच्ने ?

–उच्च रक्तचापको समस्या भएमा नियमित औषधि सेवन गर्ने,

– सुगर नियन्त्रण गर्ने,

–धुम्रपान नगर्ने,

– फलफुल तथा सागसब्जी खाने,

–हरेक वर्ष मुटु परीक्षण गर्ने,

–परिवारमा कसैलाई हार्ट अट्याकको समस्या छ भने समयमै आफू पनि सचेत रहने ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ७ : ३८ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने