‘आलो–पालो’को आन्तरिक कलहले ओली–दाहाल दूरी बढ्दो « Khabarhub

‘आलो–पालो’को आन्तरिक कलहले ओली–दाहाल दूरी बढ्दो



नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको आन्तरिक विवाद बढ्दै गएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पछिल्लो समय एकले अर्कालाई गलाउने रणनीतिमा लागेका छन् ।

चाहे पार्टी एकताको पूर्णता होस् या सरकार र संसदको विजनेश नै किन नहोस् । यसको ज्वलन्त उदाहरण पछिल्ला दिनयता महत्वपूर्ण बैठक र सभाहरुमा देखिन थालेको छ ।

असार १ गते ९ दिने यूरोपियन मुलुकहरुको भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच संसद बैठकमा बाहेक एकपटक पनि औपचारीक भेट र छलफल भएको छैन ।

प्रधानमन्त्री ओली यूरोप भ्रमण जानुअघि जेठ २३ गते सचिवालय बैठक बसेको थियो । त्यसयता दुई नेताबीच दुई सातासम्म औपचारिक वार्ता नहुनु प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच हार्दिकताको आभास कम हुँदै गएको नेकपाकै नेताहरुको बुझाई छ ।

प्रधानमन्त्री ओली यूरोप भ्रमणबाट फर्किएको भोलिपल्ट नेकपाले तत्कालीन माओवादी युद्धका क्रममा शहीद भएका रितबहादुर खड्काको सम्झनामा १७ औं स्मृति सभा आयोजना गर्‍यो । उक्त कार्यक्रममा पूर्वमाओवादी केन्द्रका शीर्ष नेताहरुको सभागी भएपनि पूर्व एमाले निकटका कुनै पनि शीर्ष नेता सहभागी भएनन् ।

सोही दिन साँझ गुठी विधेयकको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बालुवाटारमा पार्टीका शीर्ष नेताको बैठक बोलाए । तर, बैठकमा अध्यक्ष दाहालसहित पूर्वमाओवादी केन्द्रका शीर्ष नेताहरु गएनन् । मंगलबार संसद बैठकमा दुबै अध्यक्ष सहभागी भए पनि कुनै हार्दिकता देखिएन । त्यस्तै लोकसेवा विज्ञापनका विषयमा सरकारले वैधानिक भएको बताइरहँदा अर्का अध्यक्ष दाहालले भने विज्ञापन रोक्नु पर्ने बताएका छन् । यी विविध पृथक अभिव्यक्तिका कारण पनि दुई अध्यक्षबीचको सम्बन्ध चिसिँदै गएको छ ।

किन बढ्यो ओली-दाहाल दुरी ?

गत वर्षको जेठ ३ गते पार्टी एकता लगत्तै ओली र दाहालले नेकपा जेट विमान भएको र आफूहरु उक्त विमानको पाइलट भएको बताएका थिए । तर, पार्टी एकताको अघिल्लो दिन (२०७५ जेठ २ गते) भएको ५ बुँदे सहमति अनुसार प्रधानमन्त्री रहेका अध्यक्ष ओलीले आफूलाई सक्ता सुम्पिनुपर्ने दाहालले अभिव्यक्ति दिएपछि दुई नेताबीचको विवाद बढ्दै गएको हो ।

ओलीले पूर्वसहमति अनुसार सहजै सक्ता नसुम्पने देखेपछि दाहालले भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुन ओली भारत भ्रमणमा जाने दिन नै उक्त पाँच बुँदे सहमतिको कुराउठाएका थिए । सहमति कार्यान्वयन गर्नुपर्ने दाहालको प्रतिक्रियामा नेकपा बरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य बामदेव गौतम लगायतले सहमति कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए- ‘नेपालीको व्यवहार नै विदेश भ्रमणमा निस्कने बेला अफ्ठ्यारो पार्ने हुन्छ ।’ त्यसयता अध्यक्षद्वयबीच बढेको दुरी पछिल्लो समय झनै फराकिलो भएको छ । वाम विश्लेषक नरेन्द्रजंग पिटर भन्छन् ‘दुबै नेतामा राष्ट्रिय हित भन्दा व्यक्तिगत स्वार्थले बाहुल्यता जमाएको कारण ओली-दाहालबीचको केमेस्ट्रि नमिलेको हो ।’
अहिले सत्ता समीकरणको आँधीले नेकपाको हाँगाबिगा मात्र होइन, जरासम्मै हल्लिएको छ ।

पोखरेको अभिव्यक्तिपछि झस्किए दाहाल

पछिल्लो समय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि पूर्वमाओवादीविरुद्ध श्रृंखलावद्ध अभिव्यक्ति दिन थालेपछि दाहाल झस्किएका छन् । पोखरेलले नेकपाको मार्गदर्शक सिद्धान्त पूर्व एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद-जबज) नै हुनुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । पूर्वमाओवादीले मान्दै आएको सिद्धान्त औचित्यहीन भएको पोखरेलको दाबी छ ।

साथै, सक्ता साझेदारको सहमति म्याद गुज्रिएको औषधिजस्तै भएकाले पूरै कार्यकाल ओलीले नै सक्ता हांक्ने पोखरेलले दाबी गरेका थिए । जुन अभिव्यक्तिलाई दाहालले ओलीको ईसारामा आएको हो कि भन्ने आशंका समेत गरेका छन् ।

वाम विश्लेषक डाक्टर सुरेन्द्र केसी भन्छन् ‘ओलीले पोखरेल तुरुप फालेपछि दाहालको मनमा ढ्याङग्रो बज्न थाल्यो, जसको फलस्वरुप दाहाल-ओली सम्बन्ध चिसिन पुग्यो ।’

प्रचण्डको चाहना एकल नेतृत्व

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत वर्षको जेठ ३ गते एकता घोषणा भएको थियो । एकता घोषणा भएको १३ महिनासम्म पनि एकता पूरा भइसकेको छैन ।

नेकपाले अझै पनि पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, विभागको जिम्मेवारी, आयोग बनाउने जस्ता काममा प्रवेश नै गर्न सकिरहेको छैन । एकता टुंग्याउने भन्दै पटक पटक बालुवाटारमा बैठक समेत बस्यो तर ओलीले रामबहादुर थापा र प्रचण्ड-माधवकुमार नेपाललगायतले बामदेव गौतम च्यापेपछि अल्पमतको डरबाट ओली झस्किए फलतः नेकपा एकता प्रक्रिया लम्बिरहेको छ ।

अर्कातिर अध्यक्ष दाहाल ५ बुँदे सहमति देखाउँदै पार्टी नेतृत्वमा कब्जा जमाउने रणनीतिमा लागेका छन् । दाहालले सार्वजनिक रुपमा आलोपालो नेतृत्वको विषय उठाए पनि भित्री रुपमा उनी एकल नेतृत्वको दबाबको लागि तयारी गरेको नेकपाकै नेताहरुको बुझाई छ ।

तत्काल प्रधानमन्त्री हुनुभन्दा एकल अध्यक्ष भएपछि पार्टी हातमा लिन सकिने र सरकार आफू अनुकुल चलाउन सकिने प्रचण्ड बुझाइ छ । वाम विश्लेषक पिटरको बुझाईमा एकल अध्यक्ष भए आसन्न महाधिवेशनमा समेत प्रभाव पर्ने र आफू अनुकुलको निर्णय गर्न सकिने प्रचण्ड बुझाई छ । जसको कारण उनी सक्ता साझेदारको आवाजलाई सशक्त बनाउंदै एकल नेतृत्वको दाउमा लागेको उनी निकट नेताहरुको भनाइ छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १ : २९ बजे

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट