६ करोडभन्दा बढी ठगी गर्ने प्रविन पौडेल पक्राउ « Khabarhub

६ करोडभन्दा बढी ठगी गर्ने प्रविन पौडेल पक्राउ


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुर क्रुज (पानीजहाजमा) रोजगारीका लागि पठाइदिने भन्दै ३ सय जनासँग ६ करोडभन्दा बढी ठगी गर्ने एक ट्रेनिङ सेन्टर सञ्चालक पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा, टेकुले नुवाकोट घर भएका प्रविन पौडेललाई पक्राउ गरेको हो ।

काठमाडौं बिशालनगरस्थित दि एप्रिन्टट् फर्म प्रालि नामक ट्रेनिङ सेन्टर खोली क्रुज (पानीजहाज)मा काम गर्न सिंगापुर पठाई दिने भन्दै ठगी गरेको आरोपमा पौडेललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनी तारकेश्वर नगरपालिका मनमैजु बस्दै आएका थिए ।

पौडेलले मासिक ६ सय ५० अमेरिकी डलर तलब हुने भन्दै भारतको दिल्ली तथा लखनउमा पठाई पानीजहाजमा काम गर्नेलाई दिईने तालिम लिन लगाउँदै प्रत्येक व्यक्तिबाट ५-५ लाख रुपैयाँ उठाएको आरोप छ । प्रहरीले उनलाई मकवानपुरबाट पक्राउ गरेको थियो ।

पीडितले दिएको उजुरी र गोप्य सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा पौडलले ३ सय जनाभन्दा बढी व्यक्तिसँग ६ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीले जानकारी दिएको छ । उक्त ठगी कार्यमा अन्य व्यक्तिकोसमेत संलग्नता रहेको हुनसक्ने प्रहरीले शंका गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  २ : ०२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार