काठमाडौं– निर्माता छविराज ओझाले श्रीमती एवं नायिका शिल्पा पोखरेललाई सहमतिमा आउन आग्रह गरेका छन् ।
केहीदिन यता एकअर्काबीच आरोप–प्रत्यारोपमाको अवस्था रहेकै बेला छविले शिल्पासँगको सम्बन्ध टुटाउन नचाहेको भन्दै शत प्रतिशत ‘कम्प्रमाइज’ गर्न तयार रहेको बताए हुन् ।
उनले आगामी दिनमा आफूले कुनै गल्ती नगर्ने भन्दै शिल्पालाई सहमतिमा आउन आग्रह गरेका हुन् । वार्ताद्वारा देशका ठूला समस्यासमेत समाधान भएको उदाहरण दिँदै आफूहरुको जीवनमा आएको समस्या पनि हल हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘तपाईंले मलाई हेर्नुभयो, मैले तपाईंलाई हेरेँ। हामीलाई कसैले भिडाएको पनि होइन । आउनुस्, फेरि मिलेर बसौँ।’
छवि ओझाले दुर्व्यवहार गरेको भन्दै केही दिन पहिले नायिका शिल्पा पोखरेलले प्रहरीसमक्ष पुगेकी थिइन । त्यसको भोलिपल्ट उनीहरु प्रहरी कार्यालयबाट सहमति गरेर फर्किए पनि उनीहरुबीचको सम्बन्ध भने सुध्रिएको छैन ।
प्रतिक्रिया