ताजा हावा खान भन्दै यात्रुले उडिरहेको विमानको ढोका खोलेपछि… « Khabarhub

ताजा हावा खान भन्दै यात्रुले उडिरहेको विमानको ढोका खोलेपछि…


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ एक यात्रुले विमान अवतरण गर्नुपूर्व नै विमानको आकस्मिक ढोका खोलेको समाचार सार्वजनिक भएको छ । उनले विमानभित्र गर्मी भएका कारण ताजा हावा खान विमानको ढोका खोलेको बताएका छन् ।

केही दिन अघि चीनको सिचुआन प्रान्तको मियानयाङ एअरपोर्टमा घेटेको यो अनौठो घटना हो । ‘सरनेम’ चेन भएका ती व्यक्तिले विमानभित्र निकै गर्मी लागेपछि झ्याल खुलै रहेको ठानेर आकस्मिक द्वार खोलेको बताएका छन् ।

यसबारे अनुसन्धानका गर्न चेनलाई १५ दिनका लागि हिरासतमा लिइएको थियो । चीनमा सस्तो हवाइ सेवा दिने ‘लकी एअर’ले आफ्नो एक बयानमा भनेको छ– यो जुन घटना भयो, त्यसका लागि यात्रु स्वयं जिम्मेबार छन्।

लकी एअरको विमान संख्या ८ एल ९७२० ले हनिया प्रान्तको सान्यादेखि उडान भरेको थियो भने २ घण्टा ४० मिनेटपछि मियांमा विमान अवतरण भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ३० बजे

सुनकोशी नदीमा हाम फालेर पराजुली दम्पती बेपत्ता, खोजी गर्दै प्रहरीसहित स्थानीय

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै

काठमाडौं– भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा