तरकारीको मूल्य बढेपछि बिहानै कालीमाटी र बल्खुमा अनुगमन « Khabarhub

तरकारीको मूल्य बढेपछि बिहानै कालीमाटी र बल्खुमा अनुगमन


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरिएको हो । अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए।

राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित तरकारीको आपूर्ति भइरहे पनि अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएकाले अनुगमन गरिएको उनले बताए । गत असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण तरकारी आपूर्तिमा केही समस्या देखिएको थियो । विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा फर्किसकेको छ ।

बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेका छन् । जसको परिणामस्वरुप सर्वसाधारणको भान्छासमेत निकै महङ्गो बनेको छ । सरकारले कृत्रिम मूल्यवृद्धि गर्ने व्यापारी, व्यवसायीमाथि कारवाही गर्न सकेको छैन । गत वर्ष पनि सरकारले कालीमाटीस्थित तरकारी बजारमा बिचौलिया हावी भएको भन्दै अनुगमन गरे पनि कारवाही गर्न सकेको थिएन ।

अनुगमनमा खटिएका निरीक्षण अधिकृतले तरकारी खरीद गरेको बिलबिजक नदेखाउने व्यापारीमाथि तत्काल कारवाही गर्ने विभागका महानिर्देशक गौचनले बताए । ‘बिचौलिया, ढुवानीकर्ता तथा किसानबाट खरीद गरेर ल्याएको तरकारी कतिमा बिक्री भयो भन्ने थाहा नहुँदासम्म उपभोक्ता ठगिइरहन्छन्’, उनले भने, ‘ठगीबाट उपभोक्तालाई जोगाउन कालीमाटी र बल्खुका तरकारी पसलमै पुगेर अनुगमन गर्ने काम भइरहेको छ, खरीद बिलबिजक लुकाउने व्यापारीमाथि कारवाही हुनेछ ।’

खरदि गरिएको बिलबिजक, भरपाई तथा ‘रिसिप्ट’ देखाउन नसक्ने व्यापारीमाथि तत्काल जरिवाना गरिने उहाँको भनाइ छ । अनुगमनलाई अभियानका रूपमै सञ्चालन गरिने तयारी गरिएको छ । बिहान ८ बजेसम्म अनुगमन टोलीले बल्खुस्थित तरकारी बजारका सात र कालीमाटीस्थित तरकारी बजारका छ पसलमाथि कारवाहीस्वरुप जरिवाना गरेको विभागले जनाएको छ ।

विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन भइरहेको छ । अनुगमन टोलीमा कृषि विभागका प्रतिनिधि र केही सुरक्षाकर्मी सहभागी रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : ०६ बजे

एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

कटारी- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको

जनअनुमोदित यी अनुहार : वकिलदेखि व्यवसायीसम्मको संसद् यात्रा

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक

इरानका नागरिकले ‘अनअराइवल’ भिसा नपाउने

काठमाडौं– नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन