६ महीनामा ५४ एचआइभी सङ्क्रमित « Khabarhub

६ महीनामा ५४ एचआइभी सङ्क्रमित


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– सन् २०१९ को छ महीनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरुमध्ये ८८९ ले नियमित औषधि सेवन गर्दै आएका छन् ।

अन्य जिल्लाबाट चितवनमा स्थानान्तरण भई आएका ७८ सङ्क्रमितले पनि केन्द्रबाट सेवा लिइरहेका छन् । सन् २०१८ को अन्त्यमा जिल्लामा एक हजार ६८५ सङ्क्रमित थिए । सन् २०१८ मा १७ हजार ११० को परीक्षण गरिएकामा १११ नयाँ सङ्क्रमित भेटिएका थिए । अस्पतालमा आउने सङ्क्रमितलाई अहिले अस्पतालमै रहेको एएचएफ नेपालले सहयोग गर्दै आएको छ ।

केन्द्रका स्रोतव्यक्ति डा युवानिधि वस्यैलाले सङ्ख्या हेर्दा घट्दो देखिए पनि खुलेर आउनेको सङ्ख्या भने कम रहेको बताए । जिल्लामा रहेका सबै केन्द्रबाट औषधि नलिने गरेका कारण उनीहरुमा आएको सुधारको विषयमा जानकारी लिन कठिन हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १० : ३३ बजे

शान्ति र समृद्धिको प्रतिक दसैँको टीका जमरा

काठमाडौँ : आज टीका, दसैंंको मुख्य दिन । परिवारका ज्येष्ठ

दसैं छोडेर अलैंची टिप्न र सुकाउन व्यस्त किसान

लमजुङ- दसैँ मनाउन छोडेर लमजुङका अलैंची किसान  अलैंची टिप्ने र सुकाउन

डेङ्गु नियन्त्रणका लागी  सचेतना अभियान 

अर्घाखाँची- अर्घाखाँचीमा डेङ्गु सङ्क्रमण तीव्रगतिमा फैलिन थालेपछि सचेतना अभियान थालिएको

दसैँ छाडेर दैलेखबाट एकल कर्णाली पदयात्रा

सुर्खेत : ‘क’ बाट कर्नाली । कर्णाली साँच्चिकै सुन्दर छ

छ सय ६९ राँगाको बलि चढाइयो

राजविराज– सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु