बाजुरामा जीप दुर्घटना, २ जनाको मृत्यु « Khabarhub

बाजुरामा जीप दुर्घटना, २ जनाको मृत्यु


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरामा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

बाजुराको पिलुचौरबाट कालिकोटको लालीघाटतर्फ जाँदै गरेको जीप जगन्नाथ गाउपालिका–५ भुँका खोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा जीपका चालक र एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुबैजना मुगुका रहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको स्थानीय लक्ष्मण जोशीले बताए ।

उनका अनुसार घाइते हुनेमा ८ जना मुगुका, १ जना बाजुराको स्वामीकार्तिक गाउँपालिकाका र २ जना जगन्नाथ गाउँपालिका–५ गोत्रीका रहेका छन् । एक जना भने सामान्य घाइते भएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । हालै निर्माण भएको कर्णाली करिडोरको सो कच्ची बाटोमा जीप र ट्याक्टर चल्ने गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १० : ३४ बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका