अमेरिकी जलसेनाले इरानको ड्रोन खसाल्यो « Khabarhub

अमेरिकी जलसेनाले इरानको ड्रोन खसाल्यो


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको बताएका छन् ।

उक्त ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

गत जुनमा अमेरिकाको ड्रोन खसालेको इरानले भने अमेरिकाले दाबी गरेअनुरूप इरानको ड्रोन नखसालिएको बताएको छ ।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले हालको घटनालाई इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरेको बताउँदै आफ्ना अधिकारी, सामग्री र स्वार्थको रक्षा गर्ने अधिकार अमेरिकासँग रहेको बताएका छन् ।

यसअघि खाडीमा १० लाख लिटर तेल तस्करी गरेको भन्दै इरानले एउटा विदेशी तेल ट्याङ्कर आफ्नो नियन्त्रणमा लिएको थियो ।

गत मे र जुन महिनामा इरानले दुई पटक ओमानको खाडीमा तेल ट्याङ्करहरूमाथि आक्रमण गरेको अमेरिकाले आरोप लगाउदै आएको छ। तर तेहरानले भने आरोपको खण्डन गरेको छ ।

अमेरिका र इरानबीच सम्बन्ध तनावग्रस्त रहेको र यी घटनाहरूका कारण उक्त क्षेत्रमा सैन्य सङ्घर्ष सुरु हुन सक्ने भय उत्पन्न भएको छ। अमेरिकाले सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय पारमाणविक सम्झौताबाट भिन्न भएर तेहरानमाथि कडा प्रतिबन्ध लगाएयता खाडी क्षेत्रमा तनाव चुलिएको छ।

इरानले यसअघि आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै अमेरिकी ड्रोनलाई स्ट्रेट अफ होर्मुजमै खसालेको थियो। तर अमेरिकाले भने उक्त ड्रोन आक्रमणमा पर्दा इरानको हवाई क्षेत्रभन्दा बाहिर पर्ने समुद्री क्षेत्रमा रहेको बताउँदै आएको छ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ११ : ४० बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले