सर्पले मान्छेलाई टोक्यो, मान्छेले पनि सर्पलाई टोके « Khabarhub

सर्पले मान्छेलाई टोक्यो, मान्छेले पनि सर्पलाई टोके


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंलाई सर्पले डस्यो भने के गर्नुहुन्छ ? आम मानिसले दिने सोझो उत्तर हुन्छ, उपचार गर्छु । तर, केही यस्ता मानिस पनि हुन्छन्, जसले आफूलाई टोक्ने सर्पसँग बदला लिने पनि सोच्छन् ।

एउटा यस्तै, सुन्दा पनि अचम्म लाग्ने घटना भारतीय गुजराँतको महीसागर जिल्लाअन्तर्गत सन्तरामपुर तहसील गाउँमा घटेको छ ।

सन्तरामपुरका ६० वर्षीय पर्वत गाला नामका बृद्धलाई सर्पले डसेको थियो । सर्पले डसेर आक्रोसित बनेका पर्वतले उल्टै सर्पलाई टोकिदिए ।

स्थानीयका अनुसार पर्वतले आफूलाई डस्ने सर्पलाई समातेर उसको टाउको डाँतले चपाइदिएका थिए । पर्वतको टोकाइबाट शरीरभरि विष फैलिएपछि एकछिनमै सर्प म¥यो ।

सर्पको डसाइबाट पर्वतको शरीरमा पनि जहर फैलिएको थियो । सर्प मरेको केही बेरमै पर्वतको पनि मृत्यु भयो ।

स्थानीयले पर्वतलाई अस्पताल पु¥याएका थिए । तर, चिकित्सकहरुले उनलाई मृत घोषित गरिदिए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : १८ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग