जापान लैजाँदै गरेको साढे चार किलो आइस ड्रग्ससहित पोर्चुगिज पक्राउ « Khabarhub

जापान लैजाँदै गरेको साढे चार किलो आइस ड्रग्ससहित पोर्चुगिज पक्राउ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ४ किलो आइस ड्रग्ससहित एक पोर्चुगिज नागरिकलाई पक्राउ गरेको छ ।

नेपालबाट दिल्ली हुँदै जापान जान लागेका उनलाई प्रहरीले विमानस्थलको चेकजाँच कक्षबाट पक्राउ गरेको हो । शुक्रबार दिउँसो इन्डियन एयरबाट उनी दिल्ली हुँदै जापान जान लागेका थिए ।

२५ वर्षीय मेन्डिज पेरिरा टिआगोलाई प्रहरीले आइस ड्रग्ससहित पक्राउ गरेको हो । उनका साथबाट प्रहरीले ४ किलो ३८० ग्राम आइस ड्रग्स बरामद गरेको प्रहरीले जनाएको छ ।

ती पोचुगिजले मोबाइल, पर्स र मोबाइल कभरका बट्टामा फल्स बटन बनाई सो परिणामको आइस एम्फेटामाइन नामक ड्रग्स लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

अन्तर्राष्ट्रिय बजारमा करोडौं मूल्य पर्ने ड्रग्स मेन्डिजले कहाँबाट ल्याए र उनलाइ कसले दियो ? भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको