अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ | Khabarhub Khabarhub

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले प्राविधिक काम सकेर केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थको नियमित आयात गर्ने जनाएको छ ।

भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइप विच्छ्याउने कार्य सम्पन्न भई विभिन्न चरणमा पाइपलाइनको चापीय परीक्षक कार्य भएको जानकारी दिँदै मोतिहारी-रक्सौल-अमलेखगञ्ज पाइपलाइन परियोजना व्यवस्थापक प्रदीपकुमार यादवले छिट्टै आयातलाई नियमित गर्ने उल्लेख गरे ।

परियोजनाले आज एक विज्ञप्ति जारी गरी पछिल्लो पटक भारतले पटनाको मोतिहारी हुँदै अमलेखगञ्जसम्म पाइपलाइनबाट पठाएको डिजल अमलेखगञ्ज डिपोमा प्राप्त गरेको र सो कार्यको परीक्षणसमेत भइरहेको जनाइएको छ ।

‘अबको केही दिनभित्र अमलेखगञ्ज डिपोका प्राविधिक प्रक्रिया सम्पन्न गरी पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आयात कार्यको शुरुआत गरिने छ’, विज्ञप्तिमा उल्लेख छ ।

पाइपलाइनको परीक्षण सफल

वीरगञ्ज-मोतिहारी रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजल आएपछि यसको प्रादेशिक परीक्षण सफल भएको छ । बिहारको राजधानी पटनाबाट बाराको अमलेखगञ्ज डिपोमा एक हजार किलोलिटर डिजेल आइपुग्दा यसको अन्तिम परीक्षण सफल भएको आयोजना कार्यालय सिमराले जनाएको छ ।

‘अमलेखगञ्जमा राखिएको ट्याङ्किमा डिजल पठाउन पटनामा तयारी अवस्थामा रहेको छ र सुइच अन गरेपछि सो डिजल अमलेखगञ्ज आउने छन’, आयोजनाका इञ्जियर शरदकुमार पौडेलले बताए ।

यसअघि सो पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो । आज पनि डिजल पठाएर परीक्षण गरिएको छ । शुरुमा पाइपलाइनबाट ६५० किलोलिटर पानी र एक हजार किलोलिटर डिजल पठाएर परीक्षण गरिएको जनाइएको थियो ।

पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको थियो । सो पाइपभित्र तरल पदार्थसँगै रबरका टुक्रा, इलेक्ट्रिक, चुम्बकीय पदार्थ आदिको मात्रा सहितका पदार्थ पठाएर पाइपको भित्री भाग सफा गरिएको थियो ।

सो पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भूभागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण गरिएको थियो ।

यसमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनको संयुक्त लगानी छ । जसमा दुई अर्ब भारत सरकारको र रु ७५ करोड नेपाल सरकारको छ । कूल लम्बाइ ६९.५ किलोमिटर रहेको सो पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर छ । विसं २०७२ मा नेपाल भारतबीच भएको सम्झौताअनुसार पाइपलाइन दैनिक २० घण्टा सञ्चालन गर्दा चार हजार किलोलिटर डिजल ल्याउन सकिने छ ।

अमलेखगञ्जस्थित आयल निगमको डिपोमा कूल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिनेछ । सो पाइपलाइनको उद्घाटंन दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने तय भए पनि मिति तोकने प्रक्रिया शुरु भएको जनाइएको जनाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : २१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६