अष्ट्रेलियामा भएका साइबर आक्रमणमा विदेशीको हात : प्रधानमन्त्री मोरिसन « Khabarhub

अष्ट्रेलियामा भएका साइबर आक्रमणमा विदेशीको हात : प्रधानमन्त्री मोरिसन


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मुलुकको संसद् तथा राजनीतिक पार्टीका कम्प्युटर सञ्जाललाई लक्षित गरी विदेशी तत्वले साइबर आक्रमण गरेको जनाएका छन् । उनले त्यस्ता साइबर आक्रमण कुनै राज्यले जानाजान गराएको समेत आरोप लगाएका छन् ।

यद्यपि त्यस्ता आक्रमणले मुलुकको लोकतन्त्र तथा निर्वाचन प्रणालीलाई प्रभावित भने गर्न नसकेको जनाएका छन् । उनले त्यस्ता आक्रमणमा कुन मुलुकको हात छ भन्ने चाहीँ खुलाएनन् ।

यद्यपि पछिल्ला केही समयमा चीनबाट त्यस्ता आक्रमण हुँदै आएको चचौ चल्ने गरेको छ । त्यस्ता साइबर आक्रमणबाट कुनै डेटा चोरी भएकोबारे स्पष्ट नभइसकेको अष्ट्रेलियन अधिकारीले जनाएका छन् ।

साइबर आक्रमणले मुलुकको राष्ट्रिय सुरक्षामा समेत चुनौति थपिएको अष्ट्रेलियन राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ३ : ३० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको