अष्ट्रेलियामा भएका साइबर आक्रमणमा विदेशीको हात : प्रधानमन्त्री मोरिसन | Khabarhub Khabarhub

अष्ट्रेलियामा भएका साइबर आक्रमणमा विदेशीको हात : प्रधानमन्त्री मोरिसन


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मुलुकको संसद् तथा राजनीतिक पार्टीका कम्प्युटर सञ्जाललाई लक्षित गरी विदेशी तत्वले साइबर आक्रमण गरेको जनाएका छन् । उनले त्यस्ता साइबर आक्रमण कुनै राज्यले जानाजान गराएको समेत आरोप लगाएका छन् ।

यद्यपि त्यस्ता आक्रमणले मुलुकको लोकतन्त्र तथा निर्वाचन प्रणालीलाई प्रभावित भने गर्न नसकेको जनाएका छन् । उनले त्यस्ता आक्रमणमा कुन मुलुकको हात छ भन्ने चाहीँ खुलाएनन् ।

यद्यपि पछिल्ला केही समयमा चीनबाट त्यस्ता आक्रमण हुँदै आएको चचौ चल्ने गरेको छ । त्यस्ता साइबर आक्रमणबाट कुनै डेटा चोरी भएकोबारे स्पष्ट नभइसकेको अष्ट्रेलियन अधिकारीले जनाएका छन् ।

साइबर आक्रमणले मुलुकको राष्ट्रिय सुरक्षामा समेत चुनौति थपिएको अष्ट्रेलियन राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ३ : ३० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार