राजश्व नतिर्ने क्यासिनोमा सरकारको एक्सन « Khabarhub

राजश्व नतिर्ने क्यासिनोमा सरकारको एक्सन


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन समयमा नेपाल रिक्रिएसन सेन्टर अन्तर्गत चलेका चारवटा क्यासिनोबाट मात्र ३५ करोड ४० लाख रुपैयाँ बक्यौता उठ्न बाँकी छ । खबरहवले क्यासिनोबाट उठ्नु पर्ने बक्यौताको समाचार उजागर गरेपछि रिक्रिएसन सेन्टरविरुद्ध सरकारले एक्सन लिएको छ ।

अहिले पर्यटन विभागले क्यासिनोको बक्यौता नतिरेर फरार रहेको ‘नेपाल रिक्रिएसन सेन्टर’को साढे तीन रोपनी जग्गा लिलाम पक्रिया अगाडि बढाएको छ । पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेले भने– ‘पटक–पटक ताकेता गर्दा पनि रिक्रिएसन सेन्टरले बक्यौता नतिरेपछि उसको नाममा रहेको सम्पत्ति लिलाम गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

महानिर्देशक घिमिरेका अनुसार, विभागले कम्पनीको नाममा रहेको कालिमाटीको जग्गा लिलाम प्रक्रिया अगाडि बढाएको हो । उनले भने– ‘निर्णय भइसकेको छ अब हामी सार्वजनिक सूचना निकालेर जग्गा लिलाम गर्ने प्रक्रिया अगाडि बढाउने छौं ।’

रिक्रिएसन सेन्टरले होटल अन्नपूर्णको क्यासिनो अन्ना, होटल सोल्टीको क्यासिनो नेपाल, होटल ह्यातको क्यासिनो तारा र एभरेष्ट होटलको क्यासिनो एभरेष्ट सञ्चालन गरेको थियो ।

यसका सञ्चालक भारतीय नागरिक राकेश वादवा हुन् । चार वटा क्यासिनोबाट उठ्नुपर्ने बक्यौता रकम ३५ करोड ४० लाखको जरिवाना शुल्क जोड्दा अहिले झन्डै एक अर्ब रुपैयाँ उठ्नुपर्ने देखिन्छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया