पाठक प्रकरणदेखि अवैध इराक जान लागेका १ सय ७९ जनाको उद्धारसम्म « Khabarhub

पाठक प्रकरणदेखि अवैध इराक जान लागेका १ सय ७९ जनाको उद्धारसम्म


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाठक प्रकरणमा महान्यायाधिवक्ताको राय– घुसप्रकरणमा छानविन गर्न मिल्छ भन्ने शीर्षकमा आजको अन्नपूर्ण पोस्ट दैनिकले प्रमुख समाचार छापेको छ ।

घुस प्रकरणमा खुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि छानविन गर्न संवैधानिक र कानूनी अड्चन नरहेको महान्यायाधिवत्ताको कार्यालयले दिएको छ ।

उद्धार गरिएका १७९ नेपाली ल्याइँदै शीर्षकमा अर्को समाचार छापिएको छ । भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १ सय ७९ जना नेपालीलाई मंगलरबा नेपाल ल्याइने भएको छ । माइती नेपालले १ सय ४७ महिला र ३२ पुरुसलाई आइतबार उद्दार गरेको हो ।

जीप दुर्घटनामा घाइते बाराका सीडीओ गणेशप्रसाद भट्टराईको निधन भएको, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल बिरामी भएपछि आइतबार राति काठमाडौं ल्याइएको तथा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य कार्यभार सम्हाल्न सोमाबार नयाँ दिल्ली प्रस्थान गरेको समाचारलाई संक्षेपमा छापेको छ ।

तल्लो तहसम्मको एकतालाई टुंग्याउन नेकपा अध्यक्षद्वले देखाएको अग्रसरताप्रति पार्टी नेतहरुले असन्तुष्टि जनाएका छन् । कार्यदल बाइपास गरेकोमा असन्तुष्टि शीर्षकमा पहिलो पृष्ठमा समाचार छ । अब संयुक्त बैठक ९ गते बस्नेछ ।

त्यस्तै पत्रिकाले सार्वजनिक विद्यालय लथालिंग शीर्षकमा सम्पादकीय लेखेको छ । निजी विलयलमा विद्यार्थी अभिभावक आकर्षण बढेसँगै सार्वजनिक विद्यालयको दायर खुम्चिँदै गएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : २१ बजे

मध्यपूर्वका विभिन्न देशहरूमा युद्धको प्रभाव

एजेन्सी– इजरायल र इरानबीच जारी युद्ध झन् व्यापक बन्दै जाँदा

एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबको जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले श्री भगवती

टुकुचामा महानगरले थाल्यो सिंगल सेल बक्स कलभट निर्माण (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

बालेन्द्रले बुझाए १४ लाख १७ हजार रूपैयाँको निर्वाचन खर्च विवरण

काठमाडौं- झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)