नेपालको वन, विदेश जान्छ धन : सरकारले बेच्दा ८ सय उपभोक्ताले किन्दा ८ हजार « Khabarhub

नेपालको वन, विदेश जान्छ धन : सरकारले बेच्दा ८ सय उपभोक्ताले किन्दा ८ हजार


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरियो वन नेपालको धन भन्ने आख्यान पुरानो भएको छ । सँगै यो परिवर्तन पनि भएको छ । अब हरियो वन विदेशमा धन भन्नुपर्ने बेला भएको छ । किनकी काठ किन्दा ६ वर्षमा २४ अर्ब ५३ करोड रुपैयाँ बिदेसिएको छ । यसबीचमा ९३ करोडको मात्र काठ निर्यात भएको नयाँ पत्रिकामा खबर छ ।

नेपालको वनबाट वर्षमा ७० अर्बको काठ निकाल्न सकिन्छ । सरकारले बेच्दा प्रतिक्युफिट ८ सय रुपैया रहेको काठको मूल्य उपभोक्ताले किन्दा ८ हजार पर्छ । योबीचमा बिचौलियाको मात्र मालामाल हुने गरेको छ ।

ब्याजदरमा हस्तक्षेप नगर्ने सरकारी नीति शीर्षकमा छापिएको अर्को समाचारमा ब्याजदरका विषयमा आएको समस्या समाधानका लागि बैंकर र व्यवासायी मिलेर समाधान खोज्न सरकारले सुझाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले भरसक हस्तक्षेप गर्न नपरोस भन्ने सरकारको धारणा रहेको बताएका छन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कर्जाको ब्याजदर एक अंकको हुनुपर्ने बताएकी छन् । बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने बैंकलाई मात्र दोष देखाउन नहुने बताएका छन् ।

त्यस्तै स्ववियु निर्वाचन समिति घोषणा, पाठकमाथि अख्तियारले नै छानविन गर्नेलगायतका समाचार छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ७ : ०५ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको