ऋण लिएर भवन बनाइने, भाडा उठाएर ऋण तिर्ने « Khabarhub

ऋण लिएर भवन बनाइने, भाडा उठाएर ऋण तिर्ने


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नगर विकास कोषको सहयोगमा बुटबलमा व्यवसायिक भवन बन्ने भएको छ । भवन निर्माणका लागि सोमबार बुटबल उपमहानगरपालिका र कोषबीच सम्झौता भएको छ ।

१० करोड १४ लाख रुपैयाँको लागतमा निर्माण हुने भवनका लागि कोषले ९० प्रतिशत रकम ऋण सहयोग उपलब्ध गराउने छ भने, उपमहानगरले १० प्रतिशत रकम लगानी गर्नेछ। ८ प्रतिशत ब्याजदरमा २० वर्षका लागि ऋण सहयोग प्रदान गरिने कोषका कार्यकारी निर्देशक मनिराम सिंहले जानकारी दिए ।

बुटबल व्यापारिक केन्द्रका रुपमा विकास हुँदै गएको तथा बसपार्क क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेका कारण व्यवसायिक भवन निर्माण गर्न आफूहरु उत्साही भएको सिंहले बताए ।

पार्किङसहितको भवनबाट बुटबललाई व्यापारिक नगर बनाउन थप सहयोग पुग्ने उपमहानगरका मेयर मेयर शिब सुबेदीले बताए।

कोषबाट लिएको ऋण भवन भाडामा लगाएबापत आएको रकमबाट तिर्दै जाने नगरको योजना छ । ३ बर्षमा निर्माण सम्पन्न हुने भवनमा ६८ व्यवसायिक सटर रहनेछन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ५१ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५