पाकिस्तानी कलाकारलाई बलिउडमा प्रतिबन्ध | Khabarhub Khabarhub

पाकिस्तानी कलाकारलाई बलिउडमा प्रतिबन्ध


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत शासित जम्मु–काश्मिरको पुलवामा भएको हमलाले बलिउड पनि प्रभावित भएको छ । भारतका सिनेकर्मीहरुको संगठन अल इन्डिया सिने वर्कर्स एशोसिएसनले पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

एशोसिएसनले आफ्नो घोषणालाई प्रभावकारी कार्यान्वयन तहमा लैजाने बताएको छ । बलिउडको सिने उद्योगमा पनि यसको असर विस्तारै देखिन थालेको छ । पाकिस्तानी गायकले गाएका गीतहरु सामाजिक सञ्जाल युट्युबबाट हटाउन थालिएको छ भने, विभिन्न कलाकारहरुले पाकिस्तानसँग जोडिएका कामलाई अघि नबढाउने बताउन थालेका छन् ।

भारतीय म्युजिक कम्पनी टिसिरिजले पाकिस्तानी गायक रहात पतेह अलि खान तथा आतिफ आश्लमका गीत आफ्नो यूट्युब च्यानलबाट हटाएको छ । त्यस्तै विभिन्न टेलिभिजन कार्यक्रमहरुमा पनि पाकिस्तानको पक्षमा बोल्ने कलाकारलाई हटाउने अभियान अघि बढेको छ ।

यसका कारण भारतलाई कर्मथलो बनाएर काम गर्ने पाकिस्तानी कलाकारहरु प्रभावित हुने देखिएको छ ।

पुलवामा भएको विष्फोटमा परी भारतीय सीमा सुरक्षा बलका ४० बढी सैनिकले ज्यान गुमाएपछि भारतका विभिन्न पाकिस्तानको खुलेरै विरोधमा उत्रिएका छन् । यसैको एक उदाहरण एशोसिएसनले गरेको निर्णय पनि हो ।

विगतमा पनि भारत र पाकिस्तानबीच विभिन्न विषयमा विवाद हुँदा पाकिस्तानीलाई भारतमा काम गर्न प्रतिबन्ध लगाउने गरिएको छ ।

पुलवा घटनालाई भारतीय पक्षले पाकिस्तानले आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : २५ बजे

अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात

‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ?

काठमाडौं – द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु

एनसेलको खरिदबिक्री छानबिन गर्न समिति गठन हुने

काठमाडौं – एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे विस्तृत छानबिन गर्न समिति

‘एनिमल’ले शाहरुखको ‘पठान’लाई उछिन्यो

काठमाडौं – रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय