पाकिस्तानी कलाकारलाई बलिउडमा प्रतिबन्ध « Khabarhub

पाकिस्तानी कलाकारलाई बलिउडमा प्रतिबन्ध


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत शासित जम्मु–काश्मिरको पुलवामा भएको हमलाले बलिउड पनि प्रभावित भएको छ । भारतका सिनेकर्मीहरुको संगठन अल इन्डिया सिने वर्कर्स एशोसिएसनले पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

एशोसिएसनले आफ्नो घोषणालाई प्रभावकारी कार्यान्वयन तहमा लैजाने बताएको छ । बलिउडको सिने उद्योगमा पनि यसको असर विस्तारै देखिन थालेको छ । पाकिस्तानी गायकले गाएका गीतहरु सामाजिक सञ्जाल युट्युबबाट हटाउन थालिएको छ भने, विभिन्न कलाकारहरुले पाकिस्तानसँग जोडिएका कामलाई अघि नबढाउने बताउन थालेका छन् ।

भारतीय म्युजिक कम्पनी टिसिरिजले पाकिस्तानी गायक रहात पतेह अलि खान तथा आतिफ आश्लमका गीत आफ्नो यूट्युब च्यानलबाट हटाएको छ । त्यस्तै विभिन्न टेलिभिजन कार्यक्रमहरुमा पनि पाकिस्तानको पक्षमा बोल्ने कलाकारलाई हटाउने अभियान अघि बढेको छ ।

यसका कारण भारतलाई कर्मथलो बनाएर काम गर्ने पाकिस्तानी कलाकारहरु प्रभावित हुने देखिएको छ ।

पुलवामा भएको विष्फोटमा परी भारतीय सीमा सुरक्षा बलका ४० बढी सैनिकले ज्यान गुमाएपछि भारतका विभिन्न पाकिस्तानको खुलेरै विरोधमा उत्रिएका छन् । यसैको एक उदाहरण एशोसिएसनले गरेको निर्णय पनि हो ।

विगतमा पनि भारत र पाकिस्तानबीच विभिन्न विषयमा विवाद हुँदा पाकिस्तानीलाई भारतमा काम गर्न प्रतिबन्ध लगाउने गरिएको छ ।

पुलवा घटनालाई भारतीय पक्षले पाकिस्तानले आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : २५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल