सर्वोच्चका विवादित न्यायाधीश जोशीद्वारा पदबाट राजीनामा « Khabarhub

सर्वोच्चका विवादित न्यायाधीश जोशीद्वारा पदबाट राजीनामा


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका विवादित न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् ।

न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।

चोलेन्द्र शम्शेर राणाले प्रधानन्यायाधीशको पदभार ग्रहण गरेदेखि जिम्मेवारीविहीन बनेका जोशी पछिल्लो समय हाजिर लगाउन मात्रै सर्वोच्च पुग्ने गरेका थिए ।

राणा प्रधानन्यायाधीश हुनु अगाडिसम्म जोशी सर्वोच्चको वरिष्ठतम् न्यायाधीश थिए । जोशीभन्दा पनि ‘कनिस्ट’ राणाले प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाईका क्रममै जोशीलाई जिम्मेवारी नदिने संकेत गरका थिए ।

सुनुवाईका क्रममा सांसदहरुले ‘संसदले अस्वीकृत गरेका व्यक्ति पनि सर्वोच्चमा छन्, के गर्नुहुन्छ’ भनेर प्रश्न गरेका थिए । जवाफमा राणाले आफू संसदीय सर्वोच्चताप्रति प्रतिवद्धत रहने बताएका थिए ।

सुनुवाईका क्रममा गरेको प्रतिवद्धताअनुसार राणाले पदभार सम्हालेकै दिन जोशीलाई पदबाट राजीनामा दिन सुझाव दिएका थिए । प्रधानन्यायाधीशको शपथ ग्रहण गरेर आएपछि जोशी राणालाई स्वागत गर्न उनको च्याम्बरमा गएका थिए । राणाले आफ्नो स्वागतकै क्रममा ‘तपाईं मेरो स्कूलदेखि कलेजको पनि साथी हो । अब मलाई सहयोग गर्नुहोस्’ भनेका थिए ।

तर, जोशीले भने तत्काल राजीनामा नदिने संकेत गरेका थिए । पछि केही दिन घरबिदा बसेका जोशी पुनः सर्वोच्चमा हाजिर हुन गएका थिए ।

जोशीले राजीनामा दिने संकेत नदेखिएपछि राणाले उनको चेम्बरसमेत खोस्न लगाएका थिए । जोशी वरिष्ठतम् न्यायाधीशको रुपमा १ नम्बर इजलाशको चेम्बरमा बस्दै आएका थिए । तर, पुस १९ गतेदेखि राणाले जोशीको च्याम्बर एनेक्स भवनमा सारिएको थियो ।

ओमप्रकाश मिश्र प्रधानन्यायाधीश हुँदासम्म जोशी सर्वोच्चको वरिष्ठतम् न्यायाधीशको रुपमा न्याय परिषदको सदस्य समेत थिए । तर, राणा प्रधानन्यायाधीश भएपछि जोशीलाई परिषदको एउटा वैठकमा समेत बोलाइएन् ।

सर्वोच्चका सम्पूर्ण जिम्मेवारी खोसिएपछि अन्नतः जोशीले मंगलवार पदबाट राजीनामा दिएका छन् ।

राजीनामा दिए पछि खबरहबसँगको कुराकानीका क्रममा जोशीले भने, ‘मेरो बेन्च समेत खोसियो, चेम्बर खोसियो । बस्ने ठाउँ नै पाएन ।’

जोशीले आफूले सर्वोच्चमा रहँदा अझ अपमान सहनुपर्ने भएकाले राजीनामा दिएको पनि बताए । ‘मलाई पछिल्लो समय न्याय परिषदको वैठकमा समेत बोलाउन छाडियो । अत्यन्तै अपमानित महसूस भयो । त्यहि भएर राजीनामा दिएको हुँ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ११ : १६ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको