विकासका काम गर्न स्थानीयले नै जुटाउन थाले लगानी « Khabarhub

विकासका काम गर्न स्थानीयले नै जुटाउन थाले लगानी


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आफ्नो गाउँको विकास र विकास परियोजना सञ्चालनका लागि गाउँले नै क्रियाशिल भएर लगानी जुटाउन थालेका छन् । तनहुँको म्याग्दे गाउँपालिका–७ मा उपभोक्ताको शतप्रतिशत लगानीमा पक्की नाला निर्माण सुरु भएको छ । मिन माध्यमिक विद्यालय पछाडिको तर्फको द्वारेखोला पुल्चोकदेखि तिलाटार हुँदै रानीश्वाँरासम्मको एक किमी पक्की नाला उपभोक्ताकै शत प्रतिशत लगानीमा सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले उक्त सडक कालोपत्रे गर्न ५० लाख विनियोजन गरेकामा एकतर्फी पक्की नाला निर्माण नगरी सडक कालोपत्रे गर्न नमिल्ने भएपछि स्थानीय जनताले आफैँ रकम उठाएर पक्की नाला निर्माण सुरु गरेको उपभोक्ता समितिका अध्यक्ष विष्णु वाग्लेले जानकारी दिए ।

नाला निर्माणको लागि स्थानीय उपभोक्ताले १५ लाख सङ्कलन गरेका छन् । एक सय घरधुरी रहेको उक्त सडकखण्डमा हरेक घरधुरीले नाला निर्माणको लागि रकम उपलब्ध गराएका छन् ।

प्रत्येक घरले न्यूनतम १० हजारदेखि अधिकतम २५ हजार रुपैयाँसम्म रकम उपलब्ध गराएको उपभोक्ता समितिका सल्लाहकार डिलबहादुर नेपालीले जानकारी दिए । चैत महीनाभित्रमा नाला निर्माण सम्पन्न हुने त्यसपछि सडक कालोपत्रे सुरु गरिने उनले बताए।

प्रदेश सरकारको रकमले सडक कालोपत्रे गर्न पनि नपुग्ने भएको र पक्की नाला निर्माण नभई सडक कालोपत्रे गर्न नमिल्ने प्राविधिकको सुझाव पछि स्थानीय उपभोक्ताले नै रकम सङ्कलन गरेर नाला निर्माण सुरु गरेका हुन् । नाला निर्माणका लागि स्थानीय उपभोक्ता नै खटिएका छन् । सामान ढुवानी गर्ने, अनुगमन गर्ने, पानी हाल्नेलगायतका काममा स्थानीय आफैँ खटिएको सल्लाहाकार नेपालीले जानकारी दिए ।

म्याग्दे गाउँपालिका–७ का वडाध्यक्ष पद्मराज वाग्लेले स्थानीय उपभोक्ताले नै पक्की नाला निर्माण गर्नु सकारात्मक भएको भन्दै वडा कार्यालयले अन्यत्र आवश्यक ठाउँमा रकम विनियोजन गर्न पाउने बताए। उनले अन्यन्त्रका उपभोक्ता पनि यस्तै जागरुक बनेमा सधैं राज्यको मुख ताक्नु नपर्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  २ : ०५ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड