शिक्षामन्त्रीको भनाइ–चैतभित्रै स्ववियु चुनाव | Khabarhub Khabarhub

शिक्षामन्त्रीको भनाइ–चैतभित्रै स्ववियु चुनाव


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्ने बताएका छन् ।

नयाँ शैक्षिक वर्षको कार्यतालिकाका लागि पनि चैतभित्रै स्ववियु चुनाव गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पोखरेलले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने बताए ।

उनले ऐन, नीति, नियम निर्माणका साथै समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने उनको भनाइ थियो । केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  २ : ०३ बजे

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन