स्वास्थ्य मन्त्रालयले आयोजना गरेको शिविरमा बिरामीको मृत्यु | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको शिविरमा बिरामीको मृत्यु


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिविरमा आएका एकजना बिरामीको मृत्यु भएको छ ।

मुटु तथा उच्चरक्तचापको समस्या लिएर शिविरमा जचाँउन आएका सप्तरीको  कञ्चनरुप नगरपालिका–६ धरमपुरका ६५ वर्षिय गंगा मोचीको मृत्यु भएको हो । उनी मंगलबार बिहान शिविरको अस्थायी शौचालयमा मृत अवस्थामा फेला परेका हुन् ।

नेपाली सेनासँगको सहकार्यमा स्वाथ्य मन्त्रालयले गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजमा फागुन १ गतेदेखी स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

मोची उक्त शिविरमा स्वास्थ्य परिक्षणको लागि सोमबार आएका थिए । बिरामीको उत्साहजनक सहभागीता रहेको शिविरमा मोचीको निधन भएकोमा अस्पतालले दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ३ : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र