मेलेम्ची अयोजनामा ठेकेदारको विषयले विवाद, मन्त्री मगरले गरिन् सचिवको सरुवा « Khabarhub

मेलेम्ची अयोजनामा ठेकेदारको विषयले विवाद, मन्त्री मगरले गरिन् सचिवको सरुवा


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी परियोजनामा पुरानै ठेकेदार कम्पनी सीएमसीलाई निरन्तरता दिने विषयको विवादले खानेपानी मन्त्रालयका सचिवकै सरुवा भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद वैठकले खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरलाई सरुवा गर्ने निर्णय गरेको हो ।

ठाकुरले मेलम्ची खानेपानी आयोजना छाडेर ‘भागेको’ इटालियन ठेकेदार कम्पनी सीएमसीको सट्टा नेपाली ठेकेदारलाई ल्याउनुपर्नेमा जोड दिँदै आएका थिए । खानेपानी मन्त्री बिना मगरले भने समयमै आयोजना सम्पन्न गर्न पुरानै ठेकेदार कम्पनी सीएमसीलाई काममा फर्काउन जोड दिँदै आएकी थिइन् ।

खानेपानी मन्त्रालय स्रोतका अनुसार सीएमसीलाई फर्काने विषयमा विवाद बढेपछि मन्त्री मगरले सचिव ठाकुरको सरुवा गरेकी हुन् ।

सचिव ठाकुरले आफ्नो सरुवा भएको जानकारी आएको बताए । ‘मैले टेलिफोनमार्फत मेरो सरुवा भएको भन्ने जानकारी पाएको छु,’ खबरहबसँगको कुराकानीमा सचिव ठाकुरले भने, ‘कुहाँ सरुवा गरिएको भन्ने विषयमा केही जानकारी पाएको छैन ।’

‘मेलम्चीको मुख्य ठेकेदार कम्पनी सीएमसीको विषयमा तपाईं र मन्त्रीबीच विवाद थियो, यही विवादकै कारण तपाईंको सरुवा भएको हो ?’ खबरहबले सोधेको प्रश्नमा ठाकुरले भने, ‘सीएमसीलाई फर्काएर ल्याउँदा मुलुकलाई ७–८ अर्ब घाटा हुने देखिन्छ । सीएमसीले सम्झौतामा उल्लेख नै नभएको ३ अर्ब रुपैयाँ मागिरहेको छ । यी सबै कारण मैले सीएमसीलाई फर्काउनु हुँदैन भनेको थिए । तर, यसैका कारण मेरो सरुवा भएको होला जस्तो त लाग्दैन ।’

सचिव ठाकुरले मेलम्ची खानेपानी आयोजनालाई समयमै सम्पन्न गर्न नेपाली ठेकेदारमार्फत बाँकी रहेको काम सम्पन्न गराउनुपर्ने बताए । ‘सीएमसीले धेरै पटक हामीलाई धोका दिइसकेकाले अबको काम नेपाली ठेकेदारमार्फत नै गर्न सकिन्छ भन्ने मेरो निष्कर्श हो,’ सचिव ठाकुरले भने, ‘अब म मन्त्रालयमै नरहेपछि यसलाई कार्यान्वयन गर्ने विषयमा मेरो भूमिका हुँदैन । अब सरकारले उपयुक्त लागेको निर्णय गर्ला ।’

मन्त्री मगरका निजी सचिव विजयदेव भट्टराईले सोमबार बसेको मन्त्रिपरिषदको वैठकले सचिव ठाकुरको सरुवा गर्ने निर्णय गरेको बताए । मन्त्री र सचिवबीचको विवादबारे आफूलाई केही जानकारी नभएको भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ३ : १४ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ