भक्तजनको दक्षिणाबाटै श्रीमहादेव नारायण पार्क ! « Khabarhub

भक्तजनको दक्षिणाबाटै श्रीमहादेव नारायण पार्क !


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार श्री स्वस्थानी व्रतको समाप्तिको दिन भएकाले साँखुस्थित साली नदीमा श्रद्धालु भक्तजनको निकै भीड थियो । कोही पुजाआराधना गर्दै थिए, कोही लाइनमा उभिइरहेका थिए त कोही पोखरीको चिसो पानीमा नुहाउँदै ।

एक महिनासम्म लागेको साली नदी मेला अवधिभर २० लाख बढी भक्तजनहरुले मेलाको अवलोकन गरेको मेला व्यवस्थापन समितिका उपाध्यक्ष द्वारिकानाथ श्रेष्ठले जानकारी दिए ।

हरेक वर्षमा एक पटक लाग्ने साली नदी मेलामा काठमाडौं उपत्यकाका भक्तजनमात्र नभएर अन्य जिल्लाबाट पनि ठूलो संख्यामा आउने गर्छन् । सिन्धुपाल्चोक जलविरेदेखि साली नदी दर्शनकै लागि आएकी अप्सरा खड्का भन्छिन्, ‘स्वस्थानीको व्रत बसेकी थिएँ, मनोकामना पूरा हुन्छ भन्ने विश्वासका साथ आएकी हुँ ।’

दक्षिणाबाट उठेको रकमले पार्क

सालीनदीको मेला अवलोकन तथा पूजाआराधना गर्न आउने भक्तजनको सहजतालाई मेला व्यवस्थापन समितिले ‘श्रीमहादेव नारायण पार्क’ निर्माणको कामलाई पनि तीव्रता दिएको छ ।

पार्क निर्माणका लागि यो वर्ष श्रद्धालु भक्तजनकले गरेको दान दक्षिणाबाट झण्डै १ करोड माथि रकम संकलन भएको हुनसक्ने समितिका उपाध्यक्ष द्वारिकानाथ श्रेष्ठले बताए । खबरहबसँग कुरा गर्दै उनले भने, ‘स्वस्थानी व्रत सम्पन्न भइसकेपछि मात्र संकलित रकमको हिसाब–किताब गरिन्छ, जे होस् दैनिकजसो ५ हजार मानिस आवतजावत गरिरहेका थिए । त्यसमध्ये ३ हजार जतिले आर्थिक सहयोग पनि गरेका छन् ।’

सालीनदीको छेउमा रहेको २४ रोपनी जग्गा घेरावार गरी राखिएको बताउँदै उनले भने, ‘गुरुयोजना अनुसार पार्क निर्माणको काम अघि बढेको छ, पार्क निर्माण पूरा हुनका लागि अझै ३ करोड रुपैयाँ लाग्ने अनुमान छ ।’

त्यसो त समितिले पार्क निर्माणका लागि गत वर्षदेखि नै आर्थिक संकलन गरेको थियो । मेलाबाट गत वर्ष १ करोड रकम संकलन भएको व्यवस्थापन समितिले जानकारी दिएको हो ।

गत वर्ष संकलित रकमले पार्कको कम्पाउन्ड वाल, नदी छेउमा झरना, हाइड्रोपावरका लागि नहर र मन्दिर वरिपरी सिढी बनाएको र त्यसमध्ये अब १८ लाख रकम बाँकी रहेकोे समितिका उपाध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ५ : ०६ बजे

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको