‘जानी नजानी’ का क्यारेक्टरको चिनारी « Khabarhub

‘जानी नजानी’ का क्यारेक्टरको चिनारी


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र १ गतेदेखि रिलिज हुने फिल्म ‘जानी नजानी’ टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका लिड कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

नम्रता श्रेष्ठ, मनिष श्रेष्ठ, सन्नी सिंह र निरिशा बस्नेतलाई पोस्टरमा देखाइएको हो । फिल्ममा मनिषलाई देव , निरिशालाई मीरा , सन्नीलाई चिराग र नम्रतालाई वर्षाको भूमिकामा देखाइएको छ ।

फिल्म लभस्टोरी विधामा तयार पारिएको हो ।

बसन्त अधिकारीले निर्देशन गरेको यो फिल्ममा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले तयार पारेका हुन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्माण गरिएको यो फिल्ममा रोशनी केसी प्रस्तुतकर्ता छिन् । फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ०७ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण