बुद्धिजीविहरुको ठहर– कांग्रेसको अस्तित्व नै संकटमा पर्ने खतरा ! « Khabarhub

बुद्धिजीविहरुको ठहर– कांग्रेसको अस्तित्व नै संकटमा पर्ने खतरा !


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं–  नेपाली काङ्ग्रेसका नेता एवं बुद्धिजीवीहरुले कांग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै स‌ंकटमा पर्नसक्ने खतरा रहेको बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘काङ्ग्रेसको अबको जिम्मेवारी’ विषयक अन्तरसंवादमा सहभागी का‌ंग्रेस नेता तथा बुद्धिजीवीहरुले  पार्टी रणनीतिक रुपमा अगाडि बढ्नु जरुरी रहेको बताएका हुन् ।

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीले केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई गाउँतहसम्म सक्रिय बनाउनु जरुरी रहेको बताए । “महाधिवेशन समयमा सम्पन्न, भ्रातृ संस्थाको महाधिवेशन समयमा सम्पन्न, तरुण दलको कार्यसमितिलाई पूर्णता, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरे मात्र सशक्त काङ्ग्रेस निर्माण हुन्छ,” उनले भने । काङ्ग्रेसले युवाका लागि उद्यमशीलता विकास, पार्टीलाई स्थानीय तहसम्म सक्रिय बनाउने, अन्यायविरुद्ध तत्काल आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेलले काङ्ग्रेसले आर्थिक क्रान्तिको एजेण्डालाई अगाडि बढाएर अगाडि बढ्नुपर्ने सुझाव दिए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले इतिहास भजाउनुभन्दा काङ्ग्रेस नयाँ विचार र नीतिका साथ अगाडि बढ्नुपर्ने बताए । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले गुटको नेताभन्दा पार्टीको नेता भएर अगाडि बढे मात्र पार्टीको अस्तित्व रहने बताए ।

वरिष्ठ पत्रकार हरिहर विरहीले महासमितिले दिएको सुझाव र विधानलाई पालना गरेर काङ्ग्रेस अगाडि बढ्नुपर्ने सुझाव दिए । पत्रकार पुरञ्जन आचार्यले इतिहासलाई छाडेर पार्टीले नयाँ दिशा कोरेर अगाडि बढ्नु जरुरी रहेको उल्लेख गरे ।

नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेलले पार्टीभित्र रहेको गुट–उपगुटको अन्त्य गरेर काङ्ग्रेस अगाडि बढ्न सुझाव दिए । नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीले काङ्ग्रेसले विगतमा गरेका गल्ती कमजोरीलाई क्षमा माग्दै अगाडि बढ्नुपर्ने बताए । नेपाल इञ्जिनीयर एशोसिएशनका पूर्वअध्यक्ष ई हरेराम श्रेष्ठ, पत्रकार राजेन्द्र दाहाल, चार्टर एकाउण्टेन्ट दीपक पाण्डे लगायतले प्रजातान्त्रिक पार्टी काङ्ग्रेसले प्रजातान्त्रिक अभ्यास र संस्कारको विकास गर्न नसकेको बताए ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे, शङ्कर भण्डारी, बहादुरसिंह तामाङ, सुरेन्द्र पाण्डे, पुष्पा भुसाल, अर्जुन जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, श्यामकुमार घिमिरे, किशोरसिंह राठौरलगायत युवा नेताहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ७ : १२ बजे

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल

आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई

कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता

सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी

बागलुङ– यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन

सिन्धुलीका किसानलाई आलु भित्र्याउन र लगाउन भ्याइनभ्याइ 

रामेछाप– सुनकोशी गाँउपालिका– ३ स्थित झाँगाझोली, बोहोरेटार र गणेश स्थान

झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै

झापा– झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ देखि फागुन