धादिङमा पहिलो पटक डण्डीबियो प्रतियोगिता | Khabarhub Khabarhub

धादिङमा पहिलो पटक डण्डीबियो प्रतियोगिता


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङमा पहिलो पटक आयोजना भएको डण्डीबियो प्रतियोगिताको उपाधि अमरावती माध्यमिक विद्यालय मैदीले जितेको छ । उसले उपाधिसहित नगद ५० हजार प्राप्त गरेको छ ।

त्यसैगरी निलकण्ठ माध्यमिक विद्यालय धादिङबेसीले दोस्रो स्थान हासिल गर्दा रानीपौवा माध्यमिक विद्यालय सल्यान्टारले तेस्रो स्थान हात पार्‍यो । त्यसैगरी कुमारी देवी माध्यमिक विद्यालय ज्याङरुङले चौथो स्थानमा चित्त बुझायो ।

प्रतियोगितामा विजयी विद्यालयमध्ये द्धितिय हुने टिमले ३० हजार, तृतीयले २० हजार र सात्वना हुने टिमले १० हजार रुपैयाँ  प्राप्त गरे ।

जिल्ला स्काउट कार्यालय धादिङको आयोजनामा माद्यामिक विद्यालयले भाग लिन पाउने गरि जिल्ला स्तरीय प्रतियोगीता आयोजना गरिएको हो । प्रतियोगितामा ४३ विद्यालय सहभागी भएका थिए । खेल संचालन गर्नको लागि नेपाल डन्डीवियो संघले प्राविधिक सहयोग गरेको थियो ।

प्रतियोगीता आयोजना गर्नुपुर्व डन्डीवियो खेलको नियम, नम्वर प्राप्त गर्ने तरिका, जित हार हुने नियमका विषयमा जिल्लाका ६० भन्दा बढी माद्यामिक विद्यालयका १/१ जना शिक्षक र विद्यार्थीहरुको लागि प्रशिक्षण समेत दिइएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ७ : १३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि