पाँच संवैधानिक आयोगका पदाधिकारीको सुनुवाई शुरु « Khabarhub

पाँच संवैधानिक आयोगका पदाधिकारीको सुनुवाई शुरु


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले विभिन्न पाँच वटा संवैधानिक आयोगका पदाधिकारीहरुको सुनुवाई शुरु गरेको छ ।  संसदीय सुनुवाई विशेष समितिले मंगलबारबाट संवैधानिक परिषदले सिफारिस गरेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका प्रस्तावित अध्यक्ष डा. शान्तराज सुवेदीको सुनुवाई गरेको हो ।

सुनुवाईको क्रममा दुवै आयोगका प्रस्तावित अध्यक्षद्धय पौडेल र सुवेदीले आफ्नो योग्यता, क्षमता र कार्ययोजनाको वितरण समितिमा पेश गर्दैै संविधानले दिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष पौडेलले तीन वटै तहको वित्तिय अन्तरसम्बन्धलाई सहज बनाउन सहजकर्ता, सहअस्तित्व र समन्वय गर्ने संविधानले निर्दिष्ट गरेको जिम्मेवारी अनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले तीनै तहको सरकारबीचको वित्तिय अन्तरसम्बन्धलाई सहजीकरण गर्न आफूले आयोगमार्फत् सक्दो पहल गर्ने योजना पनि अघि सारे ।

त्यसैगरी समितिको बैठकमा आफ्नो योग्यता, अनुभव र कार्ययोजना पेश गर्दै राष्ट्रिय समावेशी आयोगका प्रस्तावित अध्यक्ष सुवेदीले पछाडि परेका समुदाय र भूगोललाई अघि बढाउने गरी आयोगको कामलाई अघि बढाउने योजना रहेको बताए ।

समितिले मधेशी आयोगका अध्यक्षका प्रस्तावित डा. विजयकुमार दत्त र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाई भने आगामी बिहीबार ९ गते बस्ने बैठकमा गर्ने निर्णय पनि गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले दत्त र थारुको सुनुवाई विहीबार बस्ने समितिको बैठकमा हुने जानकारी दिए ।

समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीमाथि परेको नागरिकता सम्बन्धि उजुरी भने छानविन गरेर आवश्यक निर्णय लिने पनि स्पष्ट पारेको छ । गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले विभिन्न पाँच वटा संवैधानिक आयोगका पदाधिकारी सिफारिस गरेको थियो ।

तर सो बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता सहभागी नभई गरिएको निर्णय भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले भने सु्नुवाई प्रक्रिया नै बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ७ : ५० बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)