इरानमा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात « Khabarhub

इरानमा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– २७ जनाको ज्यान जानेगरी गतसाता पाकिस्तानको सीमानजिक इरानको रिभल्यूशनरी गार्ड क्रप्सका सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा पाकिस्तानी लडाकुको संलग्नता रहेको इरानले जनाएको छ ।

इरानको तस्नीम समाचार एजेन्सीका अनुसार आक्रमणमा संलग्न पाकिस्तानी लडाकुको पहिचान भइसकेको छ ।

तस्नीमले इरानको रिभल्यूशनरी गार्ड क्रप्सका वरिष्ठ सैनिक अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार त्यस आक्रमण गराउने समूहमा तीन इरानी सहित एक पाकिस्तानी नागरिक समेत थिए । तीमध्ये दुई जनालाई गिरफ्तार गरिएको जनाइएको छ ।

इरानले मुलुकमा हुने आतंकवादी आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै निकै लामो समयदेखि आरोप लगाउँदै आएको छ ।
शियाबहुल मुलुक इरानमा गत साता भएको आक्रमणको जिम्मा सुन्नी लडाकु समूह जैश अल अदलले लिएको थियो । जैश अल अदलले पाकिस्तानलाई आधार बनाएर इरानको सिस्तान बलुचिस्तान प्रान्तमा सक्रिय रहेको बताइन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : ३७ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ