आर्थिक–सामाजिक समृद्धिको दिशामा परिचालित हुन राष्ट्रपतिको आग्रह « Khabarhub

आर्थिक–सामाजिक समृद्धिको दिशामा परिचालित हुन राष्ट्रपतिको आग्रह


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको दिशामा परिचालित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छिन् । तेस्रो निर्वाचन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपाली जनताले तीनै तहको निर्वाचनमा प्रर्दशन गरेको उत्साह र सहिष्णुताले मुलुकलाई समुन्नतिको मार्गमा अघि बढाएको बताइन् ।

उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प संवैधानिक मार्ग चित्र अनुकूल भएकाले अब सबै राजनीतिक दलहरु र सम्वद्ध पक्षले सोही दिशामा केन्द्रित भएर अघि बढनुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले लोकतन्त्रलाई अझै सुदृढ बनाउँदै लैजान पनि निर्वाचनको उचित व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको पनि बताइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन आवश्यक कानुन र प्रविधिको विकासमा जोड दिन पनि निर्वाचन आयोगलाई सुझाव दिएकी छिन् ।

त्यस अवसरमा उनले तीनै तहको निर्वाचन सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोगको खुलेर प्रशंशा पनि गरेकी थिइन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ४६ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको