आर्थिक–सामाजिक समृद्धिको दिशामा परिचालित हुन राष्ट्रपतिको आग्रह | Khabarhub Khabarhub

आर्थिक–सामाजिक समृद्धिको दिशामा परिचालित हुन राष्ट्रपतिको आग्रह


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको दिशामा परिचालित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छिन् । तेस्रो निर्वाचन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपाली जनताले तीनै तहको निर्वाचनमा प्रर्दशन गरेको उत्साह र सहिष्णुताले मुलुकलाई समुन्नतिको मार्गमा अघि बढाएको बताइन् ।

उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प संवैधानिक मार्ग चित्र अनुकूल भएकाले अब सबै राजनीतिक दलहरु र सम्वद्ध पक्षले सोही दिशामा केन्द्रित भएर अघि बढनुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले लोकतन्त्रलाई अझै सुदृढ बनाउँदै लैजान पनि निर्वाचनको उचित व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको पनि बताइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन आवश्यक कानुन र प्रविधिको विकासमा जोड दिन पनि निर्वाचन आयोगलाई सुझाव दिएकी छिन् ।

त्यस अवसरमा उनले तीनै तहको निर्वाचन सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोगको खुलेर प्रशंशा पनि गरेकी थिइन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ४६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग