इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टारद्वारा अस्वीकार « Khabarhub

इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टारद्वारा अस्वीकार


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियाका लागि तेल ओसारिरहेको आशङ्कामा गत महिनामा पक्राउ गरिएको एक इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टारले अस्वीकार गरेको छ ।

ग्रेस वान पानीजहाजलाई छाड्ने निर्णय भएको एक दिनपछि शुक्रबार अन्तिम समयमा अमेरिकाले त्यस्तो आग्रह गरेको थियो । अमेरिकी अनुरोध नकार्दै इरानी तेल ट्याङ्करलाई रिहा गर्ने जिब्राल्टरले निर्णय गरेको बीबीसीले जनाएको छ ।

अहिले उक्त पानीजहाज बन्दरगाहा छाड्दै भूमध्यसागरको उत्तरतर्फ अगाडि बढिरहेको छ।

अमेरिकी आग्रहबारे जिब्राल्टारले भनेको छ- फेरि पक्राउ गर्नुपर्ने कुनै कारण छैन किनकि इरानविरूद्धको अमेरिकी प्रतिबन्ध ईयूमा लागु हुँदैन।

अमेरिकी न्याय मन्त्रालयले उक्त जहाजको सम्बन्ध आफूले आतङ्कारी मान्ने इरानको ईश्लामिक रेभोलुस्नरी गार्डसँग रहेको भन्दै पक्राउको आग्रह गरेको थियो । जिब्राल्टारले भने आइतबार एउटा वक्तव्यमार्फत् उक्त आग्रहलाई स्विकार्न नसक्नुमा रेभोलुस्नरी गार्डलाई इयुले आतङ्कवादी संगठन नमान्नु रहेको बताएको छ।

इरानले आवश्यक परेमा आफ्ना जलसेनाहरू उक्त पानीजहाजलाई सुरक्षा दिंदै अगाडि बढाउन तयार रहेको बताएको थियो । उक्त पानीजहाजमा भारत, रूस, लाट्भिया र फिलिपिन्सका गरी २९ चालक दलका सदस्यहरू थिए ।

पानीजहाजलाई ब्रिटिश जलसेनाको सहयोगमा ४ जुलाईमा पक्राउ गरिएको छ । जिब्राल्टारले भनेको छ- उक्त कार्गो सिरिया नपुग्ने इरानी सुनिश्चितता भएपछि उक्त जहाज छाडिएको हो ।

इरानी पानीजहाजको नाम अहिले एर्डिएन डर्या वान भएको छ र इरानी झण्डा फहराउँदै अगाडी बढेको छ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : ५२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक