विप्लव समूहका जिल्ला इन्चार्जसहित पाँच जना पक्राउ « Khabarhub

विप्लव समूहका जिल्ला इन्चार्जसहित पाँच जना पक्राउ


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा— प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार ताप्लेजुङ, पाँचथर जिल्ला इन्चार्जसहित पाँच जनालाई दमकबाट पक्राउ गरिएको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

ताप्लेजुङ इन्चार्ज सागर लिम्बु, पाँचथर इन्चार्ज तथा मेची ब्यूरो सदस्य राजु दास, मेची ब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य योगेश लिम्बु र जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) मेची, कोसी संयोजक गणेश कार्कीलाई पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले दमक नगरपालिका ६ को न्यु कञ्चन होटेलबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : ४० बजे

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम– प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा  दर्शन

भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै