युवा संघका नेताको माग– रविको सम्पत्तिको श्रोत छानविन होस् « Khabarhub

युवा संघका नेताको माग– रविको सम्पत्तिको श्रोत छानविन होस्


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको सम्पत्ति छानविन गर्न माग भएको छ ।

पत्रकार पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछानेले विभिन्न व्यापारीक समूह, तस्करहरुसँग रकमको बार्गेनिङ गर्ने गरेको र करोडौं लिने गरेको आरोप लगाइएको थियो ।

मृत्यु अघि पुडासैनीले यस्तो आरोप लगाएपछि सामाजिक सञ्जालमा यसबारेमा बहस भइरहेको छ ।

लामिछानेको पक्षमा चितवन र देशका विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा सामाजिक सञ्जालमा पुडासैनीको न्याय र रविको पक्षमा बहस भइरहेको हो ।

पुडासैनीले न्याय पाउनु पर्ने र कोही पनि निर्दोष फस्न नहुने विषयले केही दिन यता सामाजिक सञ्जाल बहसको केन्द्र बनेको छ ।

यसैबीच सत्तारुढ दल नेकपाको भ्रातृ संगठन नेपालका सहसंयोजक रमेश पौडेलले सञ्चारकर्मी लामिछानेको सम्पत्तिको श्रोतको छानवीन गर्नुपर्ने माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुमा उनले रविको सम्पत्ति छानविन गर्नुपर्ने धारणा राखेका छन् ।

पूर्व सहकर्मी शालिकराम पुडासैनीले आफूलाई लामिछाने लगायतले अत्याधिक तनाव दिएका कारण मृत्युवरण गर्न लागेको भिडियो मार्फत बताएका थिए ।

मृत्यु प्रकरणबारे अनुसन्धानमा रहेको प्रहरीले थप अनुसन्धानको लागि भन्दै बिहीवार लामिछानेसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न भन्दै अदालतले चितवन प्रहरीलाई शुक्रवार पाँच दिनको समय दिएको थियो । त्यसयता रविलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवन आसपास दैनिकजसो प्रदर्शन भइरहेको छ ।

समर्थकहरुले रविलाई फसाउन खोजेको भन्दै प्रशासन र सरकार विरुद्ध आक्रोश पोखेका छन् । प्रहरी र प्रदर्शनकारीबीच कयौंपटक झडपको स्थिति समेत बनेको छ । जसका कारण केही प्रहरी र प्रदर्शनकारी समेत घाइते बन्न पुगेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : १३ बजे

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने

काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना