युवा संघका नेताको माग– रविको सम्पत्तिको श्रोत छानविन होस् | Khabarhub Khabarhub

युवा संघका नेताको माग– रविको सम्पत्तिको श्रोत छानविन होस्


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको सम्पत्ति छानविन गर्न माग भएको छ ।

पत्रकार पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछानेले विभिन्न व्यापारीक समूह, तस्करहरुसँग रकमको बार्गेनिङ गर्ने गरेको र करोडौं लिने गरेको आरोप लगाइएको थियो ।

मृत्यु अघि पुडासैनीले यस्तो आरोप लगाएपछि सामाजिक सञ्जालमा यसबारेमा बहस भइरहेको छ ।

लामिछानेको पक्षमा चितवन र देशका विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा सामाजिक सञ्जालमा पुडासैनीको न्याय र रविको पक्षमा बहस भइरहेको हो ।

पुडासैनीले न्याय पाउनु पर्ने र कोही पनि निर्दोष फस्न नहुने विषयले केही दिन यता सामाजिक सञ्जाल बहसको केन्द्र बनेको छ ।

यसैबीच सत्तारुढ दल नेकपाको भ्रातृ संगठन नेपालका सहसंयोजक रमेश पौडेलले सञ्चारकर्मी लामिछानेको सम्पत्तिको श्रोतको छानवीन गर्नुपर्ने माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुमा उनले रविको सम्पत्ति छानविन गर्नुपर्ने धारणा राखेका छन् ।

पूर्व सहकर्मी शालिकराम पुडासैनीले आफूलाई लामिछाने लगायतले अत्याधिक तनाव दिएका कारण मृत्युवरण गर्न लागेको भिडियो मार्फत बताएका थिए ।

मृत्यु प्रकरणबारे अनुसन्धानमा रहेको प्रहरीले थप अनुसन्धानको लागि भन्दै बिहीवार लामिछानेसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न भन्दै अदालतले चितवन प्रहरीलाई शुक्रवार पाँच दिनको समय दिएको थियो । त्यसयता रविलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवन आसपास दैनिकजसो प्रदर्शन भइरहेको छ ।

समर्थकहरुले रविलाई फसाउन खोजेको भन्दै प्रशासन र सरकार विरुद्ध आक्रोश पोखेका छन् । प्रहरी र प्रदर्शनकारीबीच कयौंपटक झडपको स्थिति समेत बनेको छ । जसका कारण केही प्रहरी र प्रदर्शनकारी समेत घाइते बन्न पुगेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : १३ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन