गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा निःशुल्क ल्याब सेवा शुरु « Khabarhub

गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा निःशुल्क ल्याब सेवा शुरु


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– सबै स्वास्थ्य संस्थामा ल्याब सेवा शुरु गर्ने रम्भा गाउँपालिका पाल्पा जिल्लाको पहिलो गाउँपालिका बनेको छ । बिरामीलाई मध्यनगर गर्दै स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन गाउँपालिकाभित्र रहेका सबै पाँच वडामा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब, प्रसूति तथा गर्भ परीक्षण सेवा सञ्चालनमा आएको छ । पहिलो वर्ष रम्भा गाउँपालिका–१ को हुँगी, ५ को ताहुँ र ३ को पिपलडाँडाबाट ल्याब सेवा शुरुआत गरिएको थियो । दोस्रो वर्ष वडा नं २ को फोक्सिङकोट र ४ को यसै आर्थिक वर्षको साउन २९ गते हुमिनमा ल्याब सेवा शुरु गरेपछि गाउँपालिकाका सबै वडामा ल्याबको पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

“गाउँपालिकाले ल्याब सेवा पुनःसञ्चालन गर्नका लागि कर्मचारी तथा आवश्यक पर्ने सामग्रीको पूरै प्रबन्ध गरेको छ, अब प्रसूति, गर्भपतन र ल्याब परीक्षण सेवाका लागि अन्यत्र बिरामी भौतारिनुपर्ने अवस्था छैन”, उनले भने ।

गाउँपालिकामा ल्याब सेवा नहुँदा बिरामीलाई सदरमुकाम तानसेन र स्याङ्जाको गल्याङलगायतका स्थानमा लगेर सेवा लिनुपर्ने बाध्यता थियो, अब यो सेवा वडा वडाबाटै प्रदान गर्न थालिएको अध्यक्ष भण्डारीले बताउनुभयो । यसै आवदेखि गाउँपालिकाले ल्याब परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाएको छ ।

गाउँपालिकाको वडा नं १ मा हुँगी स्वास्थ्यचौकी, वडा नं २ मा फोक्सिङकोट स्वास्थ्यचौकी, ३ मा पिपलडाँडा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइ केन्द्र, वडा नं ४ मा हुमी स्वास्थ्यचौकी र वडा नं ५ मा ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा गाउँपालिकाले ल्याब सेवा सञ्चालन गरेको छ ।

ल्याब सेवाको शुरुआत भएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको स्वास्थ्य शाखा संयोजक महेश आचार्यले बताए । “ल्याब परीक्षण सेवा निःशुल्क भएपछि बिरामीले अहिले नियमितरुपमा स्वास्थ्य परीक्षण गराउन थालेका छन्, यो कार्यक्रमले गरीब, विपन्न व्यक्तिलाई ठूलो राहत पुगेको छ”, उनले भने ।

यसअघि बिरामी बाहिर निजी स्वास्थ्य संस्थामा रु १०० देखि ५०० सम्म शुल्क तिरेर ल्याब परीक्षण गराउन बाध्य रहेका थिए । अब भने गाउँमै निःशुल्क ल्याब परीक्षण गराएर उपचार सेवा पाएपछि उत्साहित भएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ४१ बजे

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम– प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा  दर्शन

भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै