भेलले बगाएर आठ वर्षीया बालिकाको मृत्यु « Khabarhub

भेलले बगाएर आठ वर्षीया बालिकाको मृत्यु


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालयबाट अध्ययन गरी फर्कने क्रममा शर्मिलालाई भेलले बगाएको स्थानीयले बताएका छन् ।

विद्यालयबाट फर्कने क्रममा मोटरबाटोमा हिँडिरहेकी बालिकालाई ठूलो पानी परेसँगै सडक निकारामा आएको भेलले बगाएर झण्डै ५०० मिटर तल पुर्‍याएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

उनी डाँफेपातल आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत छात्रा हुन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १० : १० बजे

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने

काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना