दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी « Khabarhub

दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि बिक्रेताहरुले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु विक्रीवितरण गर्ने गरेको पाइएको छ ।

औषधि ऐन,२०३५ को दफा १० मा औषधि बिक्री–वितरण गर्न व्यवसायीले विभागसँग अनुमति लिनुपर्ने व्यवस्था छ । तर कतिपय औषधि व्यवसायीहरुले विभागमा दर्ता नगराएका औषधिहरु बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

विभागले गर्ने अनुगमनको क्रममा दर्ता नै नभएका औषधिहरु बिक्री भइरहेको पाइएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।  विभागले थोक तथा खुद्रा बिक्रेताले विभागमा दर्ता भएका औषधि मात्र बिक्री वितरण गर्न सार्वजनिक सूचना समेत जारी गरेको छ ।

विभागसँग अनुमति नलिइ दर्ता नभएका औषधि बिक्री भएको पाइएमा औषधिहरु जफत गरी औषधि पसलको दर्ता प्रमाणपत्र नै खारेज गरी कारवाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।

औषधि व्यवस्था विभागको सुचना यस्तो छ

 

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ३ : ४१ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत