एभीसी भलिबलको उद्घाटन खेलमा तुर्किमिनिस्तान विजयी « Khabarhub

एभीसी भलिबलको उद्घाटन खेलमा तुर्किमिनिस्तान विजयी


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा तुर्किमिनिस्तानले जीत हात पारेको छ । लगनखेलस्थित नेपाली सेनाको शारिरीक तथा खेलकुद केन्द्रको भलिबल कोर्टमा भएको खेलमा तुर्किमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो ।

समूह ‘ए’ मा रहेको तुर्किमिनिस्तानले अफगानिस्तानलाई पराजित गर्न निकै संघर्ष गर्नु परे पनि लगातार तीन सेटमा जीत हात पार्न सक्दा प्रतियोगितामा शुखद् शुरुवात गर्न सफल भएको छ ।

अफगानिस्तानविरुद्ध तुर्किमिनिस्तानले पहिलो सेट ३२–३० ले जीतेको थियो । त्यस्तै दोस्रो सेट तुर्किमिनिस्तानले निकै कमजोर अवस्थामा गुमाएको थियो । जसमा अफगानिस्तानले २५–१६ को स्कोरमा एक सेट हात पारेको थियो । तर, तुकिमिनिस्तानले तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २७–२५ को स्कोरमा जीत हात पार्यो भने तुकिमिनिस्तानका लागि निर्णायक बनेको चौथो सेटमा अफगानिस्तानले राम्रो खेलेपनि विपक्षीलाई रोक्न नसकेपछि २६–२४ को स्कोरमा सेट गुमाउन पुग्यो ।

यस्तै, सोमबार नै हुने दोस्रो खेलमा घरेलु टोली नेपालले किर्गिस्तानसँग खेल्दैछ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १२ : ५७ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ