लिच्छवीकालको राजधानी हाँडीगाउँको पर्यटन विकासमा सरोकारवालाको चासो | Khabarhub Khabarhub

लिच्छवीकालको राजधानी हाँडीगाउँको पर्यटन विकासमा सरोकारवालाको चासो


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिच्छवीकालको राजधानी हाँडीगाउँको प्राचीन महत्वलाई पर्यटनसँग जोड्ने र पर्यटनको प्रवर्धनका विषयमा सरोकारवाला निकायले चासो व्यक्त गरेका छन् ।

हाँडीगाउँको प्राचीन महत्वलाई पर्यटनसँग जोड्न आवश्यक सहयोग काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।

आइतबार ‘हाँडीगाउँको संस्कृति, सम्पदा र पर्यटनको प्रवर्धन एवं विकासका लागि आयोजित कार्यशाला गोष्ठी’ मा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शहरी योजना निर्माण तथा विकासका कार्यमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सम्पदा संरक्षण गर्नुपर्ने कुरामा जोड दिँदै मेयर शाक्यले सम्पदा क्षेत्रमा भएका पाटी तथा सत्तललाई आम्दानीको रुपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘पाटी तथा सत्तलहरु भाडामा लगाएर पैसा उठाएको देखेको छु, यो गलत हो ।’

‘जुन संरचना जुन प्रयोजनका लागि बनाइएको हो, प्रयोग पनि त्यसकै लागि गर्नुपर्छ’ उनले भने ‘सबैले यसबारे ध्यान दिनुपर्छ, महानगर यस विषयमा गम्भीर छ ।’

सम्पदा जोगाएर पर्यटन विकासका लागि प्रवर्धनात्मक काम गर्ने र यस कामसँग स्थानीयको आय हुने कार्यक्रम सञ्चालन गरिने शाक्यले योजना सुनाए ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य नारायण सिलवालले हाँडी गाउँका सम्पदाको पुनर्निर्माणका लागि प्रदेश सरकारका तर्फबाट आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सिलवालले मौलिक सामाग्रीलाई यथास्थानमा राखेर पुनर्निर्माण गर्न गुरुयोजना बनाउन सुझाव दिए ।

कार्यक्रममा प्राडा सुदर्शनराज तिवारी र डा. यज्ञनाथ आचार्यले हाँडी गाउँको सांस्कृतिक महत्व र पर्यटकीय सम्भावनाका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

‘आजभन्दा ४० बर्ष अघि यस वडामा ९ वटा पोखरी थिए, अहिले एउटा बाँकी छ’ डा. आचार्यले भने ‘५ वटा ढुङ्गेधारा थिए, अहिले एउटा छ, चोक–चोकमा इनार थिए, अहिले माली गाउँमा एउटा मात्र बाँकी छ ।’

कार्यक्रममा बोल्दै उनले साँस्कृतिक बाजाको लोप हुँदै गएको बताए । ‘विभिन्न समय र पर्वमा १४ प्रकारका बाजा बजाइन्थे’ उनले भने ‘अहिले ११ थरीका बाजा मात्र बाँकी छन् ।’

उनले धेरै सम्पदा मासिएर गएको र अब पनि जोगाउनतिर नलाग्ने हो भने हाँडीगाउँको सभ्यता पुस्तकमा मात्र बाँकी रहने खतरा औँल्याए ।

‘लिच्छविकालीन नगर सभ्यताको केन्द्र मानिने हाँडीगाउँ स्वतन्त्र राज्य व्यवस्थाबाट सञ्चालित थियो’, उनले थपे, ‘६० मिनेट घुम्दा शिव शक्ति र भक्तिका स्थान, बास्तुकला, चित्रकला, मूर्तिकला, चैत्य, बिहारजस्ता सम्पदा नियाल्न पाउने ठाउँ अन्त कतै पनि छैन ।’

त्यसैगरी प्राडा. तिवारीले हाँडीगाउँलाई पूर्व लिच्छवी, बर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइने बताए ।

‘यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छविकालका मन्दिरहरु भएको प्रमाण पाइन्छ ।’ उनले भने, ‘इसापूर्व दोस्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन् ।’

हाँडीगाउँ लिच्छविकालीन नेपालको राजधानी भएको ठाउँ भएकोले यसको अवस्थितिलाई त्यही कालको झल्को दिने खालको बनाउनु पर्ने सुझाव संस्कृतिविद् प्रा. दिनेशराज पन्तको थियो ।

त्यस्तै हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठले हाँडीगाउँको प्राचीनता जोगाउन महानगरले छुट्टै मापदण्ड बनाएर लागू गर्नुपर्ने धारणा राखे । ‘हाँडीगाउँको मौलिकतालाई पर्यटनसँग जोड्न हामी २०५९ सालदेखि काम गरिरहेका छौं’ श्रेष्ठले भने, ‘गुरुयोजना बनाउने र गुरुयोजनाबाहेकको कुनै पनि काम नगर्ने अबको हाम्रो गन्तव्य हो ।’

हाँडीगाउँको पर्यटन विकासका लागि बसन्तपुर, लाजिम्पाट, ठमेलसँगै पशुपति र बौद्धजस्ता नजिकका सम्पदास्थलसँग प्याकेजमै जोडेर लैजानु पर्ने सबैको धारणा थियो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ४ : १२ बजे

रुसमा बच्चा जन्माउन नयाँ कानुन, के के छन् व्यवस्था ?

काठमाडौं– रुस सरकारले बच्चा जन्माउने नयाँ कानुन ल्याउने भएको छ

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा

तराईका केही भूभागमा हुस्सु र कुहिरो, एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बाली लगाउने बेला किसानलाई बिउकै चिन्ता

महोत्तरी – जब नयाँ बाली लगाउने बेला भयो, किसानलाई बिको

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर १ गते शनिबार सन्