एभिसी भलिबल- पहिलो खेलमा नेपाल पराजित, दोस्रो जित्नैपर्ने दबाब « Khabarhub

एभिसी भलिबल- पहिलो खेलमा नेपाल पराजित, दोस्रो जित्नैपर्ने दबाब


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौ एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहलमा भएको खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो।

घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा रहेको नेपाली टोलीले अपेक्षा अनुसार खेल्न नसक्दा एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमै हार व्यहोर्नुपरेको हो।

पहिलो सेट २५-२३ ले पाहुना टोली किर्गिस्तानलाई सुम्पिएको नेपाल दोस्रो सेटमा समेत खेलमा फर्किन नसक्दा २५-२२ ले विपक्षीलाई सुम्पिन पुग्यो भने अन्तिम सेटमा कर्गिस्तानलाई २५-२२ स्कोरमा खेल सुम्पियो।

अन्तिम तथा तेस्रो सेटको २० स्कोरसम्म प्रतिस्पर्धात्मक बनेको त्यसपछि किर्गिस्तान हावी भएको थियो। किर्गिस्तानविरुद्व नेपालका दुई खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। दुर्गा बहादुर खड्का र राजेन्द्र बिष्ट पछिल्लो समय राष्ट्रिय टोलीमा रहँदै आएपनि अन्तराष्ट्रिय डेब्यु गर्न पाएका थिएनन्।

डेब्यु पाएका दुर्गा शुरुवात देखि टिममा रहेका थिए भने बिष्ट राष्ट्रिय टोलीका पहिलो रोजाइका खेलाडि कुल बहादुर थापाको स्थानमा मैदान प्रवेश गरेका थिए।

त्यस्तै किर्गिस्तानविरुद्व कोर्टमा उत्रिएका राज कुमार निरौलाको पनि राष्ट्रिय टोलीबाट पुनरागमन गरेका छन्। उनले तेस्रो सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेलेका थिए भने त्यस यता उनी केहिसमय राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए।

नेपालले आफ्नो दोस्रो खेल बुधबार माल्दिभ्ससँग खेल्नेछ। समूह बी मा रहेको नेपाल आजको खेलमा हार व्यहोरे पनि दोस्रो खेल जित्न सके सेमिफाइनल पुग्ने सम्भावना बाँकी नै छ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ५ : २३ बजे

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको