एभिसी भलिबल- पहिलो खेलमा नेपाल पराजित, दोस्रो जित्नैपर्ने दबाब « Khabarhub

एभिसी भलिबल- पहिलो खेलमा नेपाल पराजित, दोस्रो जित्नैपर्ने दबाब


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौ एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहलमा भएको खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो।

घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा रहेको नेपाली टोलीले अपेक्षा अनुसार खेल्न नसक्दा एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमै हार व्यहोर्नुपरेको हो।

पहिलो सेट २५-२३ ले पाहुना टोली किर्गिस्तानलाई सुम्पिएको नेपाल दोस्रो सेटमा समेत खेलमा फर्किन नसक्दा २५-२२ ले विपक्षीलाई सुम्पिन पुग्यो भने अन्तिम सेटमा कर्गिस्तानलाई २५-२२ स्कोरमा खेल सुम्पियो।

अन्तिम तथा तेस्रो सेटको २० स्कोरसम्म प्रतिस्पर्धात्मक बनेको त्यसपछि किर्गिस्तान हावी भएको थियो। किर्गिस्तानविरुद्व नेपालका दुई खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। दुर्गा बहादुर खड्का र राजेन्द्र बिष्ट पछिल्लो समय राष्ट्रिय टोलीमा रहँदै आएपनि अन्तराष्ट्रिय डेब्यु गर्न पाएका थिएनन्।

डेब्यु पाएका दुर्गा शुरुवात देखि टिममा रहेका थिए भने बिष्ट राष्ट्रिय टोलीका पहिलो रोजाइका खेलाडि कुल बहादुर थापाको स्थानमा मैदान प्रवेश गरेका थिए।

त्यस्तै किर्गिस्तानविरुद्व कोर्टमा उत्रिएका राज कुमार निरौलाको पनि राष्ट्रिय टोलीबाट पुनरागमन गरेका छन्। उनले तेस्रो सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेलेका थिए भने त्यस यता उनी केहिसमय राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए।

नेपालले आफ्नो दोस्रो खेल बुधबार माल्दिभ्ससँग खेल्नेछ। समूह बी मा रहेको नेपाल आजको खेलमा हार व्यहोरे पनि दोस्रो खेल जित्न सके सेमिफाइनल पुग्ने सम्भावना बाँकी नै छ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ५ : २३ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ