नेपाल–भारत संयुक्त बैठकले प्रमुख पाँच एजेण्डामा छलफल गर्नेछ: मन्त्री ज्ञवाली | Khabarhub Khabarhub

नेपाल–भारत संयुक्त बैठकले प्रमुख पाँच एजेण्डामा छलफल गर्नेछ: मन्त्री ज्ञवाली


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारबाट काठमाडौँमा सुरु हुने भएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी बुधबार र बिहीबार संयुक्त आयोगको बैठक बस्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँचौ बैठक मुख्य ५ वटा एजेन्डा रहेको बताए । बैठकमा राजनैतिक,सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, ब्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृति सम्बन्धी विषयमा छलफल हुने भएको छ ।

बैठकमा दुई देशका सरकारप्रमुखले संयुक्त रुपमा प्रतिबद्धता जनाएका विभिन्न आयोजना र सहयोगको कार्यन्वयनको मुल्याकन गर्ने पनि मन्त्री ज्ञवालीले जानकारी दिए । बैठकमा दुई देशका प्रबुद्ध समुहले तयार गरेको प्रतिवेदन सरकार प्रमुखहरुलाई बुझाउने बिषयमा पनि छलफल हुने छ । यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउदै शिखर सम्मेलन गर्ने बिषयमा समेत दुवै देशको संयुक्त आयोगको बैठकमा छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लो समय भारत पाकिस्तान बीच बढ्दो तनाव र काश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिए । यो दुई देश बीचको विषय भएको र यसलाई बार्ता र सहमतिबाट मात्रै निकाश खोज्न सकिने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ५ : ५६ बजे

इजरायली सेनाद्वारा गाजा सहरको वरपर खाली गर्न आदेश

जेरुसेलम– इजरायली रक्षा बल (आइडिएफ) ले बुधबार साँझ चेतावनी जारी

दमकको बिजनेस टावर शुल्क लिएर सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं- झापाको दमकमा झन्डै दुई अर्ब खर्चिएर बनाइएको १८ तले

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको पहिलो बैठक सम्पन्न

काठमाडौं–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको संयोजकत्वमा

विराटनगर महानगरको बेरुजु सबैभन्दा कम, ०.३२ प्रतिशत मात्रै

 विराटनगर– छ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको

कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण