भारतमा रोकिएन मुसलधारे वर्षा, बाढी र पहिरोको वितण्डा (तस्बीरसहित) « Khabarhub

भारतमा रोकिएन मुसलधारे वर्षा, बाढी र पहिरोको वितण्डा (तस्बीरसहित)


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– केही दिनयतादेखि सक्रिय मनसुनका कारण भारतभर मुसलधारे वर्षा जारी छ । भारतका आधाभन्दा धेरै भूभाग वर्षासँगैको बाढी र पहिरोका कारण प्रभावित भएका छन् ।

भारतका उत्तरी राज्यहरु उत्तराखण्ड, हिमाचल प्रदेश, राजस्थान, हरियाण, पञ्जाव, जम्मू कश्मीरमा बाढी र पहिरोका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

उत्तरी भारतका ठाउँठाउँमा वर्षासँगै पहिरोका गएका कारण सञ्चार, यतातायत तथा विद्युत सेवा अवरुद्ध भएको छ । भारतीय सञ्चारमाध्यमले बाढीले सवारी साधन बगाएको तथा र पहिरोका कारण सडक अवरुद्ध भएको दृश्य सार्वजनिक गरेका छन् ।

बाढी र पहिरोका कारण दशौं लाख मानिसहरु प्रभावित भएको अधिकारीले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले उत्तरी भारतमा दर्जनौं मानिसहरुको ज्यान गएको बताएका छन् । वर्षा नरोकिँदा प्रभावितको उद्धारका लागि गएका उद्धारकर्ताहरु पनि बाटोमै रोकिएका छन् ।

वर्षाका कारण सयौं उडान अवरुद्ध भएका छन् भने रेलसेवा पनि नराम्ररी प्रभावित भएका छन् । रेल तथा हवाई सेवा अवरुद्ध हुँदा दशौं हजार यात्रीहरुले सास्ती खेप्नु परेको छ ।

अस्पतालहरुमा बाढीबाट घाइते भएका मानिसहरुको भीड लागेको बताइएको छ । भारतीय मौसम पूर्वानुमान विभागले सोमबार दिनभर वर्षा हुने भविष्यवाणी गरेको छ । त्यसबाहेक विभिन्न क्षेत्रमा बाढी र भूस्खलनले किसानको खेतीपाती नष्ट पारेको छ ।

उत्तर प्रदेशको बनारसमा गंगा नदीको सतह खतराको स्तरभन्दामाथि पुगेकाले त्यहाँको घाटसमेत डुबाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : १० बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग