सम्पत्ति शुद्धीकरण र आतंकवाद निवारण सम्बन्धी तालिम लिन नेपाली अधिकारी भारतमा « Khabarhub

सम्पत्ति शुद्धीकरण र आतंकवाद निवारण सम्बन्धी तालिम लिन नेपाली अधिकारी भारतमा


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको अनुरोधमा भारतको फरिदावाद शहरमा ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष तालिम शुरु भएको छ ।

सोमबारबाट भारतको फरिदावाद शहरस्थित ‘नेशनल एकेडेमी अफ कस्टम्स, इनडाइरेक्ट ट्याक्सेस एण्ड नार्कोटिक्स’ मा ६ दिने तालिम शुरु भएको हो ।

‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत भारत सरकारको सहयोगमा सञ्चालन गरिएको तालिममा २० नेपाली अधिकारीको सहभागिता छ ।

यस अन्तर्गत नेपालका विभिन्न नियामक निकायका कूल ६० अधिकारीहरुलाई तालिम दिइनेछ । उक्त तालिमको हरेक चरणमा २० अधिकारी सहभागी रहने तथा अन्य चरणका तालिमहरु आगामी अक्टोबर र डिसेम्बरमा सञ्चालन हुनेछ ।

यस कार्यक्रमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलामा क्षमता अभिविृद्ध गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : ३१ बजे

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने

काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना