वैज्ञानिकले पत्ता लगाए पीडा महशुस हुने अंग « Khabarhub

वैज्ञानिकले पत्ता लगाए पीडा महशुस हुने अंग


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– छालामा केही वाह्य वस्तुको असाधारण स्पर्श हुँदा पीडा महशुस हुन्छ । तर, यस्तो किन हुन्छ ? यसबारे वैज्ञानिकहरुले लामो समयदेखि अनुसन्धान गर्दै आएका थिए ।

पछिल्लो समय स्वीडेनका शोधकर्ताहरुले छालामा पीडा महशुस गर्ने संवेदनशील अंगको पहिचान गरेका छन् ।

उनीहरुको शोधअनुसार ग्लीयल सेल्स र अरु धेरै तहको प्रोट्युसियन्समा जोडिएको कोषिकाले बनेको अंग पत्ता लागेको छ ।

यही संवेदनशील अंग स्नायूको आसपास रहने र छालाको माथिल्लो तहसम्म रहने भएका कारण मानिसले छालामा पीडा महशुस गर्ने वैज्ञानिकहरुको भनाइ छ ।

यो अनुसन्धानले पीडा उन्मुलन गर्ने नयाँ औषधिको विकास गर्न महत्वपूर्ण हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ ।

पछिल्लो समय २० प्रतिशत मानिसहरुमा शारीरिक पीडाको समस्या रहेको अध्ययनले देखाएको छ ।

यसको निवारणका लागि मानिसहरुले दुखाई कम गर्ने औषधि (पेनकिलर)को प्रयोग गर्दै आएका छन् । तर, यो खोज नयाँ किसिमको औषधिको विकासका लागि महत्वपूर्ण हुने जनाइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : ४२ बजे

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख